Comments Add Comment

आइएमइ र सिद्धार्थ बैंकबीच रेमिटान्स सम्झौता

Ime and siddrtha bank२० माघ काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) र सिद्धार्थ बैंक बीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा आईएमईतर्फका सञ्जाल प्रवर्द्धन प्रमुख रुऽराज पौडेल र सिद्धार्थ बैंकका विप्रेषण व्यवसाय प्रवर्द्धन प्रमुख पंकज पन्तले हस्ताक्षर गरे । सम्झौता अनुसार आईएमईका सेवाग्राहीले आईएमईको विश्वव्यापी संजलवाट आप्रवाह हुने विप्रेषण सिद्धार्थ बैंक लिमिटेडका ४७ शाखामार्फत् भुक्तानी लिन सक्नेछन् ।

आईएमईले ७५ जिल्लामा ३२ सयभन्दा बढी एजेन्ट र सब-एजेन्ट, १ सय १० आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटान्स भुक्तानीको व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment