Comments Add Comment

अफगानिस्तानमा हिमपहिरो, ९० को मृत्यु

१४ फागुन, काठमाडौं । अफगानिस्तानमा हिम पहिरोमा परेर ९० जना भन्दा धेरैको मृत्यु भएको छ । राजधानी काबुलदेखि उत्तरतर्फ पर्ने पन्जशीर प्रान्तमा एक्कासी बढेको चिसोसँगै भारी हिमपात भएको थियो ।

Heavy snow has closed the Salang Pass, and cut off power to parts of Kabulप्रान्तका गभर्नर अब्दुल रहमान कबिरीका अनुसार करिब १०० घर, दुई स्कूल र एक मस्जिद हिम पहिरोले थिचिएर क्षतिग्रस्त भएका छन् । जनजीबन अस्तव्यस्त भएको छ ।

हिउँ जमेकाले ४० किलोमिटर सडकमा यातायात सेवा ठप्प छ । सडकभरी हिउँ जमेकाले राहतकर्मिहरु समेत प्रभावित क्षेत्रमा पुग्न नसकेको विविसिले जनाएको छ ।

डोजरको सहायताले सडक खुलाउने प्रयास जारी छ । हिउ पन्छाउन स्थानिय नागरिक तथा सुरक्षाकर्मि जुटिरहेका छन् ।
सन् २०१० र २०१२ मा पनि हिमपातमा परि सो क्षेत्रमा दर्जनौंले ज्यान गुमाएका थिए ।

तस्वीर : एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment