Comments Add Comment

भारतबाट बिजुली किन्दा ६ महिनामा सवा अर्ब नोक्सान

२० फागुन, काठमाडौं । लोडसेडिङ कम गर्न भारतबाट बिजुली आयात गर्दा ६ महिनामा मात्रै विद्युत प्राधिकरणलाई एक अर्ब २४ करोड रुपैयाँ घाटा भएको छ ।

All about light: from bulbs to artगएको अगस्टदेखि जनवरीसम्म विद्युत आयात गर्दा प्राधिकरणलाई यो नोक्सानी भएको हो । जनवरीदेखि विद्युत आयात थप भएकाले नोक्सानी अझ बढ्ने छ । लोडसेडिङ न्यून गर्न प्राधिकरणले भारतका विभिन्न संस्थाबाट दुई सय ४० मेगावाटसम्म बिजुली खरिद गरेको कारोबारमा खबर छ ।

हाल लोडसेडिङ ६ देखि ११ घण्टासम्म छ । यो वर्ष प्राधिकरणले पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) लिमिटेडका अतिरिक्त भारतको नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनी लिमिटेड, उत्तरप्रदेश इलेक्ट्रिसिटी बोर्ड र उत्तराखण्ड इलेक्ट्रिसिटी बोर्डबाट बिजुली खरिद गरेको छ ।

भारतबाट महँगोमा आयात गरेर सस्तोमा बेच्दा घाटा भएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment