+
+
Shares

एसएलसी परीक्षा आजदेखि सुरु, पाँच लाख ७५ हजार विद्यार्थी सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ५ गते १०:४३

5-slc-2071

५ चैत, काठमाडौं । प्रवेशिका (एसएलसी) परीक्षा बिहीबारदेखि सुरु भएको छ । देशभरका सबै परीक्षाकेन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ परीक्षा सुरु भएको परीक्षा बिहान ११ बजे सम्पन्न भएको छ ।

परीक्षामा यसपालिदेखि उत्तरपुस्तिकासँगै प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ । परीक्षा हलभित्रै प्रश्नपत्रमा लेखेर चिट चोरिने भएकाले त्यसलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

SLC (5)

यस वर्ष पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा चार लाख २६ हजार दुई सय १४ जना परीक्षार्थी नियमित तर्फका छन् भने एक्जाम्टेड तर्फ एक लाख ५४ हजार एक सय ८३ तथा प्राविधिक तर्फ तीन हजार दुई सय ८८ परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा आगामी चैत १६ गते सकिने छ । १९९० बाट एसएलसी परीक्षा लिने व्यवस्था गरिएको थियो ।

2-slc-2071

यो पनि पढ्नुहोस्

एसएलसीको केन्द्राध्यक्षमा राजनीतिक भागवण्डा
एसएलसीको एउटा उत्तरपुस्तिका जाँच्नेलाई २० रुपैयाँ
एसएलसीमा अनियमितता गर्नेलाई छ महिना कैद र एक लाख जरिवाना

slc-2071

 

3-slc-2071

4-slc-2071

6-slc-2071

तस्वीर: विकाश श्रेष्ठ, कविन अधिकारी / अनलाइनखबर 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?