Comments Add Comment

प्रधानमन्त्री कोइराला जाकार्तामा

८ वैशाख, काठमाडौं । इण्डोेनेशियाको राजधानी जाकार्ता र वाङडुङमा हुने एशियाली-अफ्रिकी सम्मेलनको ६० औं वार्षिकोत्सव समारोह तथा नयाँ एशियाली अफ्रिकी रणनीतिक साझेदारीको १० औं शिखर सम्मेलनलाई संबोधन गर्न प्रधानमन्त्री सुशील कोइराला जाकार्ता पुगेका छन् ।

Shushil-Koirala-at-Jakarta

  • जाकर्तास्थित होटल फेयरमोन्टमा विश्राम लिदै प्रधानमन्त्री कोइराला । तस्वीर :  प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जाकार्ताबाट दिएको जानकारी अनुसार प्रधानमन्त्री कोइराला नेतृत्वको नेपाली प्रतिनिधि मण्डल मंगलबार मध्यान्ह जाकर्तास्थित सोइकार्नो-हाता अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको थियो ।

प्रधानमन्त्री कोइरालालाई जाकर्ताका गभर्नर, इण्डोनेशिया सरकारका प्रमुख शिष्टाचार महापाल, वरिष्ठ अधिकारीहरु, सम्मेलनमा सहभागिता जनाइरहेका नेपालका अधिकारीहरुले स्वागत गरेका थिए । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सम्मेलनका विभिन्न कार्यक्रमबारे जानकारी गराएका थिए ।

सम्मेलनलाई संबोधन गर्न प्रधानमन्त्री कोइराला सहितको उच्चस्तरीय प्रतिनिधि मण्डल सोमवार अपरान्ह काठमाडौंबाट प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री कोइराला सहितको नेपाली प्रतिनिधिमण्डल बुधबार हुने एशियाली-अफ्रिकी शिखर सम्मेलनको उदघाटन समारोहमा सरिक हुनेछ । शिखर सम्मेलनलाई प्रधानमन्त्री कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा परराष्ट्र मन्त्री पाण्डे, परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव वैरागी, संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई लगायत पनि सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment