Comments Add Comment

छोरीको विवाहमा लालपुर्जा उपहार

१० बैशाख, महोत्तरी । मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरीलाई छोरासरह सम्पत्तिको अधिकार दिइएको छ । तर, कानुन कार्यान्वयन नहुँदा अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन् ।

विवाहमा दाइजोका रुपमा नगद, गरगहना, लत्ताकपडा, भाँडाकुँडा नदिएर महोत्तरीका एक एमाओवादी नेताले अंशबन्डाको लालपुर्जासहित छोरीलाई माइतीको अंशियार बनाई अन्माएको नयाँ पत्रिकामा खबर छ ।

कानुनी रुपमा पाउने जग्गाको अंशियारीस्वरुप एमाओवादी नेता विदुर कार्की र सावित्रा कार्कीले आफ्नी छोरी मनीषा कार्कीलाई विवाहमा लालपुर्जा दिएका हुन् ।

तनहुँ शुक्लागण्डकी नगरपालिकाका अमर भट्टराईसँग प्रगतिशित विवाह गरेकी मनीषाले अंशबन्डास्वरुप १३ कट्ठा खेत र पाँच धुर घडेरीको लालपुर्जा पाएकी हुन् ।

गाउँले र जन्ती खचाखच भरिएको बिहे भएपनि बिहेघरमा जग्गे बनेन, बाजागाजा बजेनन्, कन्यादान पनि गरिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment