९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित भएको छ । लम्जुङमा असिना पानी पर्दा ठाउँ ठाउँमा पहिरो गएको छ ।
हावा हुरीले भूकम्प पीडित बढी प्रभावित भएका छन् । हावाले त्रिपाल उडाइदिएपछि पीडितहरुको विजोग भएको थियो ।
साँझ ५ बजे एक्कासी अन्धकार भएर हुरी चल्दा वातावरण धुलाम्य भएको थियो । गाडी चालकहरुले बीचमै गाडी रोक्न बाध्य भएका थिए ।
‘धादिङको बादल उपत्यका छिर्यो’
धादिङ आसपासको बादल हावाहुरीसँगै काठमाडौं उपत्यका छिरेको र तीन घण्टासम्म जारी रहने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । उनले धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् ।