Comments Add Comment

गुप्तचर विभागको प्रमुखमा दिलीप रेग्मी नियुक्त

Ministry of Home

१४ जेठ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलीप रेग्मी नियुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषद बैठकले रेग्मीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।

विभागकै रिक्त एआईजी पदमा गणेशराज अधिकारीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

को हुन् रेग्मी ?

यसअघि विभागको प्रमुख जितबहादुर केसी थिए । उनको कार्यकाल सकिएपछि गृहमन्त्रालयको प्रस्तावमा रेग्मी नियुक्त भएका हुन् ।

गुप्तचर विभागको प्रमुख बनेका रेग्मीको पुर्ख्यौली थलो पर्वत हो । त्रिविबाट अर्थशास्त्रमा गोल्डमेडलिष्ट समेत रहेका रेग्मी ०४६ सालमा इन्सपेक्टरबाट गुप्तचर सेवामा प्रवेश गरेका थिए ।

भट्ट पछि परे

डिआईजी हुँदासम्म रेग्मी भन्दा सिनियर रहेका देवराज भट्ट भने अब रेग्मीको मातहतमा खुम्चन बाध्य भएका छन् । ०४४ सालमा इन्सपेक्टरबाट सेवामा प्रवेश गरेका भट्टलाई यसअघि एआईजी बढुवा प्रकरणमा रेग्मीभन्दा पछि पारिएको थियो ।

आफू भन्दा दुई ब्याच पछिका रेग्मीलाई अगाडि सारिएपछि भट्ट असन्तुष्ट रहँदै आएका छन् ।

यो पनि पढ्नुस्

यसपाली गणतन्त्र दिवस नमनाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment