Comments Add Comment

सबैभन्दा कम शिशु जन्माउनेमा जर्मनी पहिलो, जापान दोश्रो स्थानमा

Baby

जर्मनी विश्वमा सबैभन्दा कम शिशु जन्मदर भएको मुलुक बनेको छ । पछिल्लो ५ वर्षको तथ्यांक अनुसार जापानलाई पछि पार्दै जर्मनी सबैभन्दा कम शिशु जन्मिने देशको पहिलो नम्बरमा परेको हो ।

जन्मदरमा सबैभन्दा पुछारमा परेसँगै श्रम बजारको अभावले जर्मनीको अर्थतन्त्र धरासायी हुने भय रहेको विश्लेषकहरुले बताएका छन् ।

यसअघि सबैभन्दा कम जन्मदर रहेको देशको रुपमा जापान रहेकोमा जर्मनीले उछिनेको छ ।   अध्ययन अनुसार पछिल्लो ५ वर्षमा प्रति १ हजार जर्मनहरुबाट औषतमा ८.२ शिशु जन्मिएका छन् ।

जर्मन लेखापरीक्षण कम्पनी बिडिओ र ह्याम्बर्ग इन्स्टिच्युट अफ इन्टरनेसनल इकोनोमिक्सका अनुसार यो अवधिमा जापानमा भने प्रति १ हजार मानिसबाट औषतमा ८.४ शिशु जन्मिएका छन् ।

Baby and Mother

कम जन्मदर रहेका युरोपेली मुलुकमा जर्मनीपछि पोर्चुगल र इटालीले क्रमशः दोश्रो र तेश्रो स्थानमा रहेका छन् । पछिल्लो ५ वर्षमा प्रति १ हजार पोर्चुगिसबाट औषतमा ९ शिशु जन्मिएका छन् भने इटालियनबाट ९.३ शिशु जन्मिएका छन् ।

विश्वमा सबैभन्दा बढि जन्मदर भने अफ्रिकामा रहेको पाइएको छ । सबैभन्दा उच्च जन्मदर रहेको देश नाइजर हो । नाइजरमा प्रतिहजार जनसंख्यामा ५० शिशुको जन्म भएको छ ।

जर्मनी विश्वमा सबैभन्दा उच्च बसाइ सराइ दर रहेकेा देश पनि हो । चान्सलर एन्जेला मर्केलको सरकारले शिशु स्याहार सहायतामा लगानी बढाइरहेको भएपनि त्यसले शिशु जन्माउने दरमा उल्लेखनीय वृद्धि गर्न नसकेको देखिएको छ ।

शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार सबैजसो पश्चिमा देशहरुमा जन्मदरमा गिरावट आइरहेको छ । पछिल्लो ५० वर्षमा इटालीको जन्मदरमा ५० प्रतिशतले गिरावट आएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment