Comments Add Comment

संविधानसभामा रामचन्द्र र अमरेशकुमारको जुहारी

२० असार, काठमाडौं । संविधानसभा बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र सभासद अमरेशकुमार सिंहबीच जुहारी चलेको छ । संविधानसभाको आइतबार बसेको बैठकमा सिंहले प्रस्तावित संविधानको मस्यौदाको विरोध गरे लगतै पौडेलले बचाउ गरेका छन् ।
amresh and ramchandra (1)
बैठकमा कांग्रेस सभासद सिंहले मस्यौदाले अहिलेसम्मका आन्दोलनका उपलब्धीहरु गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता र नागरिकताको विषयमा कुठाराघात गरेको बताए । गणतन्त्र भनेको केही व्यक्तिको नभई विधीको शासन भएको भन्दै उनले भने-‘सर्वोच्चको आदेश नमान्ने हो भने संविधानसभाले बनाएको संविधान पनि कुनै समूहले नमान्न सक्छ । संविधान अरुले नमाने कहाँ पुग्छ ?’

संघीयता मधेस आन्दोलनको माग र जनताको आकाक्षा भएको तर, मस्यौदाले त्यसलाई सम्बोधन नगरेको उने बताए । ‘सीमांकन विना संघीयता भएको संविधानको भविश्य सुमधुर मैले देखेको छैन’ उनले भने-‘आउने द्वन्द्वको जिम्मा कुनै पार्टीले लिन्छ भने मेरो भन्नु केही छैन । होइन भने यस्तो संविधानले दिगो शान्ति दिन सक्दैन ।’

समानुपातिक समावेशीता महिला, जनजाति, मधेसी, दलित लगायतको समानुपातिक समावेशीलाई चलाखीपूर्ण तरिकाले समाप्त पार्ने कोसिस भएको उनले बताए । प्रस्तावित मस्यौदाले नागरिक बन्ने अधिकार बन्चित गर्ने भन्दै उनले यो संविधानले एकता र अखण्डा सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको बताए ।

लगतै कांग्रेस उपसभापति पौडेल बोले । उनले पार्टीकै सभासद सिंहले लगाएका आरोपको एकएक खण्डन गरे । अधिकतम सहमतिमा मस्यौदा आएको भन्दै पौडेलले भने-अदालतको अपहेलना गर्ने कोसिस भएको छैन । क्षेत्राधिकारको प्रश्न मात्र उठाएको हो ।’

पौडेलले अघि भने-‘संघीयताको कुरा आएको छ । सुरुदेखि हामीले ६ प्रदेशको प्रस्ताव लिएको आएका थियौं । त्यो बेला हामीलाई संघीयता विरोधी भनियो । सात प्रदेशको प्रस्ताव ल्याउँदा गठवन्धन नै बनाएर हामीलाई संघीयता विरोधी भनियो ।’

प्रस्तावित ८ प्रदेश आफूले पनि पचाउन नसकेको भन्दै उनले यसलाई ६ प्रदेशमा झर्नुपर्ने बताए । उनले भने-‘६ प्रदेशमा ल्याएर सीमांकन गर्न सकिछ । तर, जातलाई खोजेर प्रेश गर्ने कुरालाई छोडौं ।’

प्रस्तावित संविधानले समाजका सवै वर्गलाई न्याय, समानता र समावेशी दिने पौडेलको दाबी थियो । उनले भने-‘यसलाई स्वागत गर्नुपर्छ । यसमा केही असावधानी भएका होलान्, खुला दिलले सम्वाद समितिमा गएर परिर्माजन गर्नुपर्छ र गरिन्छ ।’

जनताले अहिले छिटो संविधान आओस् भनेको भन्दै कांग्रेस उपसभापति पौडेलले भने-‘यसमा विचलित हुन हुँदैन । सेन्टिमेन्टल ब्याकमेलिङ गर्नु हुँदैन । त्यता नलागौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment