News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व–पश्चिम महेन्द्र राजमार्गको १०२७.६७ किलोमिटर लम्बाइको ठिक मध्यभाग मध्यविन्दुमा स्मारक स्तम्भ निर्माण अन्तिम चरणमा पुगेको छ ।
- नारायणघाट–बुटवल सडक योजनाअनुसार स्तम्भ निर्माणमा योजनाले ८० प्रतिशत र मध्यबिन्दु नगरपालिकाले २० प्रतिशत लागत साझेदारी गरेका छन् ।
- स्तम्भको रेखदेख, सरसफाइ र मर्मतको जिम्मा मध्यबिन्दु नगरपालिकाले लिने भएको छ, जहाँ पूर्व र पश्चिम दुवैतर्फ ५ सय १४ किलोमिटर दुरी समान पर्छ ।
२६ असोज, काठमाडौं । पूर्व-पश्चिम महेन्द्र राजमार्गको मध्यविन्दुमा स्मारक निर्माण जारी छ ।
नारायणघाट-बुटवल सडक योजनाका अनुसार योजनाको ८० प्रतिशत र मध्यबिन्दु नगरपालिकाको २० प्रतिशत लागत साझेदारीमा स्तम्भ निर्माण भइरहेको छ ।
स्तम्भ निर्माण अन्तिम चरणको काम जारी रहेको योजनाले वनाएको छ । यो स्तम्भ महेन्द्र राजमार्गको कुल १०२७.६७ किलोमिटर लम्बाइको ठिक मध्यभागमा अवस्थित छ ।
यो राजमार्गको मध्यभाग रहेकै कारण यो पालिकाको नामसमेत मध्यविन्दु राखिएको हो । यस विन्दुबाट पूर्वमा झापा काँकडभिट्टा र पश्चिममा कञ्चनपुरको गड्डाचौकीको दुरी समान ५ सय १४ किलोमिटरमा पर्छ ।
सोहीकारण यो स्थान ऐतिहासिक बनेको हो । स्तम्भको रेखदेख, सरसफाइ र मर्मतको काम भने मध्यबिन्दु नगरपालिकाले गर्ने भएको छ । यो खण्डमा अहिले सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । महेन्द्र राजमार्ग अहिले विभिन्न खण्डमा चार लेनमा विस्तार भइरहेको छ ।

प्रतिक्रिया 4