Comments Add Comment

लाईबेरियाको शान्ति मिशन बन्द हुनेभएपछि  ४ सय नेपाली सुरक्षाकर्मी फिर्ता हुने

२२ असार, काठमाडौ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त अफ्रिकी मुलुक लाइबेरियामा तैनाथ राष्ट्रसंघीय शान्ति मिशन एक वर्षपछि बन्द गर्ने भएको छ । राष्ट्र संघको ‘युनाइटेड नेसन्स मिसन्स इन लाइबेरिया’ (अनमिल) अर्को वर्षको ३० जुन २०१६ देखि पूर्ण रुपमा फिर्ता हुने भएको हो ।
laiberiya
यससँगै लाइबेरियामा खटिँदै आएका ४ सय नेपाली सुरक्षाकर्मी पनि फिर्ता हुने कारोबार दैनिकमा खबर छ । त्यहाँ कार्यरत नेपालीसहितका सुरक्षाकर्मीको एक कार्यकाल सकिएपछि राष्ट्रसंघले नयाँ जनशक्ति पठाउने छैन । लाइबेरिया मिशन बन्द हुँदा राष्ट्रसंघीय शान्ति मिसन जाँचपास पूरा गरी बसेका ३ सय सेना-प्रहरी र सशस्त्रमा पनि यसको असर देखिन्छ ।

मिसन फिर्ता योजनाअनुसार सन् २०१५ सेप्टेम्बरसम्म ३५९० शान्ति सैनिक र १५ सय राष्ट्रसंघीय प्रहरी फिर्ता गरिसक्ने तालिका छ । सोहीअनुसार लाइबेरियन सरकारले आन्तरिक सुरक्षा संयन्त्रबाटै गत मार्चदेखि ल्याएको संक्रमणकालीन सुरक्षा योजना अहिले लागू हुँदै आएको छ ।

नेपालसहित २ दर्जन मुलुकका ५ हजार ८ सय ७१ शान्ति सैनिक/प्रहरी र एक हजार ४२७ कर्मचारी लाइबेरिया मिसनमा कार्यरत छन् । उनीहरुका लागि वाषिर्क ४३ करोड डलर खर्च हुन्छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का जनशक्ति र्फम पुलिस युनिट (एफपीयू), मिलिटरी पुलिस, मिलिटरी अब्जर्भर र अनपोल (युनाइटेड नेसन्स पुलिस)का रुपमा तैनाथ रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment