Comments Add Comment

नाराबाजीका बीच संविधानसभामा सुझाव प्रतिवेदन पेश

१२ साउन, काठमाडौं । संविधानसभाको बैठकमा असन्तुष्ट दलहरुको नाराबाजीको बिच सुझाव प्रतिवेदन पेश भएको छ । सभासद प्रमिला रानाले प्रतिवेदन प्रस्तुत गरिरहँदा असन्तुष्ट सभासदहरुले नाराबाजी गरे ।

CA-BUILDING

संविधानको प्रारम्भिक मस्यौदामा जनताका राय सुझाव संकलन गर्दा विरोध गरेका मधेस केन्द्रीत चार दलका सभासदहरुले नाराबाजी गरेका हुन् ।

संविधानको प्रारम्भिक मस्यौदामा जनताको धारणा बुझ्न साउन ४ र ५ गते देशभर सुझाव संकलन गरिएको थियो । सुझाव समेटिएको प्रतिवेदन सोमबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको थियो ।

प्रतिवेदनमाथि संविधानसभाको अर्को बैठकमा छलफल हुने छ । संविधानसभाको अर्को बैठक यही साउन १३ गते विहान ११ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment