Comments Add Comment

उपकुलपतिमा ‘आफ्ना’ ल्याउन दौडधुप

१४ साउन, काठमाडौं ।  डेढ साताभित्र मुलुकका सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदैछ। ती पदका लागि ‘आफ्नो मान्छे’ सिफारिस गर्न राजनीतिक दलका भातृ संगठन दौडधुपमा लागेका छन्। शिक्षामन्त्री नेतृत्वको सिफारिस समिति गठनको कुनै तयारी नभए पनि दलका भातृसंगठनले आफ्ना उम्मेदवारको सूची तयार गरेर सरकारलाई दबाब दिन थालेका हुन्।

Tribhuwan-Universityत्रिभुवन, संस्कृत, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको पदावधि २२ गतेदेखि सकिँदैछ। यी विश्वविद्यालयका उपकुलपति पदका लागि कांग्रेस, एमाले र एमाओवादी भातृसंगठनले आ–आफ्ना उम्मेदवारको नाम सिफारिस गर्न थालेको नागरिकमा खबर छ ।

उम्मेदवार सिफारिस गर्ने दौडमा कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ अगाडि देखिएको छ। संघको साउन ११ गते हेटौंडामा बसेको पूर्ण बैठकले सातवटै विश्वविद्यालयका उपकुलपतिका लागि पाँच/पाँच जना उम्मेदवारको सूची तयार गरेको छ। सूची एक साताभित्र प्रधानमन्त्रीलाई बुझाउने उसको तयारी छ। ‘साताभित्र कुलपति (प्रधानमन्त्री) लाई उम्मेदवारको नाम बुझाउँछाैं,’ संघका सचिव विष्णुबहादुर केसीले भने।

एमालेको भातृसंगठन नेपाल प्रगतिशील प्राध्यापक संगठन र एमाओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले पनि सूची तयार गरिरहेका छन्। सरकारमा नभएका दलले समेत उम्मेदवारको सूची तयार गरिरहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment