Comments Add Comment

अमरेश भन्छन्- दुई दिने बन्दले राजनीतिक फैसला गर्छ

३० साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले अब दुई दिनको नेपाल बन्दपछि नेपालको राजनीतिको बाटो निश्चित हुने बताएका छन् । सिंहले पूर्वी तराई र पश्चिम तराईलाई मधेसको साटो थरुहट प्रदेशमा राखे पनि आपत्ति नहुने बताएका छन् ।

Amresh Kumar Singकैलालीमा गरेका भाषणबाट विवादमा तानिँदै पश्चिम तराईको भ्रमण गरेर काठमाडौं फर्केका सभासद सिंहले शनिबार अनलाइनखबरसँग भने- ‘अब आइतबार र सोमबार हुने दुई दिनको नेपाल बन्दलाई हेर्नोस्, त्यसपछि नेपालको राजनीतिक कता जान्छ भन्ने टुंगो लाग्छ ।’

कैलालीको टीकापुरमा थारु र मधेसी नेताहरुको संयुक्त आमसभामा जनमानस देखेर कांग्रेस एमाले र एमाओवादीका नेताहरु आत्तिएको सिंहले बताए ।

‘टीकापुरमा १५/२० हजारको सहभागितामा आमसभा भयो, त्यो देखेर उनीहरु आत्तिएका छन्’ सिंहले भने-‘त्यहाँ कुनै पार्टीको झण्डा थिएन, राष्ट्रिय झण्डामुनि भएको कार्यक्रममा कांग्रेसका स्थानीय कार्यकर्ता पनि थिए, फोरम लोकतान्त्रिक र माओवादीका पनि थिए ।’

थारु-मधेसी भाइ-भाइ भन्ने नार लागिसकेको छ, राजकुमार लेखीलाई उचालेर अब चल्दैन-सिंह

कैलालीमा आयोजित सो सभामा मधेसवादी नेता उपेन्द्र यादव, राजेन्द्र महतो र कांग्रेसका अमरेशकुमार सिंहले भाषण गरेका थिए । फोरम लोकतान्त्रिकमा लक्ष्मण थारु, जनक चौधरी र केही वैद्य माओवादीका नेताले बोलेका थिए ।

सो सभामा आफूले ५/६ हजार थारुले आफू मरेर प्रचण्ड र बाबुरामलाई प्रधानमन्त्री बनाएको अभिव्यक्ति दिएको सिंहले अनलाइनखबरलाई बताए । सिंहले मधेसमा हुने बन्द र हडतालले अबको राजनीति तय गर्ने दाबी गरे ।

कैलाली कञ्चनपुर र बाँके बर्दियालाई मधेस-प्रदेश वा थरुहट प्रदेशमा राख्नुपर्ने उनले माग गरे । ‘कैलाली कञ्चनपुरलाई मधेसमा राख्दा थारुले पनि सहमति जनाउँछन्, सुनसरी मोरङको मधेस बाहुल्य भू-भागलाई थरुहटमा राखे पनि हामी मधेसीलाई मान्य हुन्छ,’ कांग्रेस नेता सिंहले भने-‘कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश बनाए पनि हामी मधेसीलाई आपत्ति छैन, थारु-मधेसी भाइ-भाइ भन्ने नार लागिसकेको छ, राजकुमार लेखीलाई उचालेर अब चल्दैन ।’

सिंहले नेपालगञ्ज ‘साइलेन्स’मा रहेको, राति सबै सुतेपछि मात्रै २७ वटा तेलका ट्यांकरहरु नेपाल भित्रिएको र गौर शनिबारदेखि नै बन्द रहेको दाबी गरे ।

कैलालीमा किन त्यस्तो विवादास्पद एवं साम्प्रदायिक भाषण गरेको भन्ने प्रश्नमा सिंहले आफूले गरेको भाषणको रेकर्ड मगाएर सुन्न आग्रह गरे । आफूहरु सीके राउतजस्तो विखण्डको पक्षमा नरहेको र नेपालको राष्ट्रिय झण्डामुनि रहेर आन्दोलनको समर्थनमा उभिएको कांग्रेस नेता सिंहले बताए ।

सिके राउत कता हराए ?

यसैवीच तराई मधेसमा विखण्डनको गतिविधि गर्दै हिँडेका डा. सिके राउतको गतिविधि यतिबेला शून्यजस्तै बनेको छ । स्रोतका अनुसार राजबिराज निवासी राउतलाई प्रहरीले ‘होम एरेस्ट’मा राखेका कारण उनले मधेसमा गतिविधि गर्न नसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment