Comments Add Comment

युवा उद्यमी मञ्च र केसीएमबीच उद्यमशीलता प्रवर्द्धन गर्ने सम्झौता

L to R - NYEF President Niranjan Shrestha and KCM Principal Bishnu Raj Adhikari copy final

१३ भदौ, काठमाडौं । काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नेपाली युवा उद्यमी मञ्चबीच उद्यमशीलता प्रवर्द्धन गर्ने सम्झौता भएको छ ।

यो समझदारीले उद्यमशीलताको संस्कृतीलाई बढावा दिने स्रोतमा सहज पहुँचका लागि अवसर सिर्जना गर्दै दुवै पक्षलाई थप कार्यका लागि सेवा प्रदान गर्नेछ ।

काठमाडौं कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षाको क्षेत्रमा एउटा अग्रणी संस्था हो । यो कलेज व्यावसायिक क्षेत्रमा सफल योगदान गर्न सक्षम दक्ष जनशक्तिको विकासमा समर्पित रहँदै आएको छ । विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता र सहभागितामा उनीहरुको समग्र विकासका लागि मूल्यमा आधारित शिक्षा प्रदान गर्न यो सम्झौताले थप टेवा पुर्‍याउनेछ ।

नेपाली युवा उद्यमी मञ्चले उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा निकै धेरै कार्यक्रमहरु गर्दै आएको छ । यो साझेदारीले संयुक्त अनुसन्धान, तालिम तथा गोष्ठी सञ्चालन र कार्यक्रम व्यवस्थापनका लागि सहकार्यको पहललाई सहजीकरण गर्नेछ ।

अन्य सहकार्यको क्षेत्रमा मूल स्रोत व्यक्ति तथा प्रशिक्षक उपलब्ध गराई काठमाडौं कलेज अफ म्यानेजमेन्टको बिजिनेस इन्क्युवेसन सेन्टरको सञ्चालनलाई मार्गनिर्देश गर्न पनि यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment