+
+
Shares

आन्दोलनकारीले पत्रकारको बाइक जलाए

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते ११:०५

२३ भदौ, विराटनगर । विराटनगरको रानीमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका सञ्चारकर्मी नविन कर्ण सवार मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् ।

Biratnagar-tanab

कर्ण सवार को ८ प २२३९ नम्बरको मोटरसाइकललाई आन्दोलनकारीले टायर जलिरहेको ठाउँमा लगेर जलाइदिएका छन् । स्थानीय मकालु टेलिभिजनमा कार्यरत कर्णलाई उनीहरुले उल्टो समाचार प्रसारण गरेको भन्दै मोटरसाइकलमा आगजनी गरेका हुन् ।

त्यस्तै गोरखापत्रका सम्वाददाता जीतेन्द्र ठाकुर घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको इटाले लागेर उनी घाइते भएका हुन् ।

दुवै सञ्चारकर्मीलाई प्रहरीले सुरक्षा दिएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा पत्रकार महासंघ मोरङको कार्यालय ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?