+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

मधेसी मोर्चाले भन्यो-तीन दलको निर्णय ठीक छ, अब कर्फ्यू फिर्ता होस्

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २५ गते १५:०२

२५ भदौ, काठमाडौं । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानसभामा प्रक्रिया स्थगित गर्ने प्रमुख तीन दलको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

Laxmanlal-Karna

उनले अनलाइनखबरसँग भने-‘तीन दल एक कदम पछाडि हटे, राम्रो भयो । अब दंगाग्रस्त क्षेत्र घोषणा र कर्फ्यू पनि फिर्ता होओस् ।’

सरकारले तराई मधेसको शान्तिपूर्ण आन्दोलनमा दमन गर्न बन्द गरे वार्तामा बस्ने कर्णले बताए ।

तराई-मधेसमा जारी आन्दोलनलाई दवाउन सरकारले सेना परिचालन गरेको भन्दै उनले सेना फिर्ता गर्न माग गरे ।

उनले भने-‘जनताले अझै सुरक्षित महसुस गरेका छैनन् । सबै अस्तव्यस्त भएको छ । अब त्यो पनि मिलाइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?