Comments Add Comment

गौरबाट मधेसी मोर्चाका पाँच नेता पक्राऊ

Madhesi-Morcha-ka-Neta-Pakr

  • मोर्चाका नेताहरुलाई नियन्त्रणमा लिएर फर्किंदै प्रहरीहरु

गौतम श्रेष्ठ

२८ भदौ, गौर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध विभिन्न दलका पाँच नेतालाई गौर नगरपालिका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादव, नेता रामेश्वर यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष शेख जमशेद, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता र तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंह रहेका छन् ।

उनीहरुलाई गौर नगरपालिका वडा नम्वर ५ स्थित जिल्ला विकास समितिका पूर्वसभापति राजेन्द्र पटेलको घरमा बसिरहेको अवस्थामा दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट तीनवटा भ्यानमा आएका प्रहरीले पाँच नेतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएका छन् ।

पक्राउ परेपछि नेताहरुले प्रहरी ज्यादतीको विरोध गर्दै भ्यानमै बसेर नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी शुधिरराज शाहीले पाँच जना नेतालाई नियन्त्रणमा लिएको स्वीकारे पनि पक्राउ गर्नुको कारणबारे भने केही खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment