+
+
Shares

ठूलो भाँडोमा खानुहुन्छ ? खबरदार, मोटोपनाले सताउला

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते ८:४७

Meat

ठूलो आकारको भाँडो, ठूलो भाग तथा ठूलो प्याकेटका कारण आमरुपमा मानिसहरु मानिसहरु आवश्यकता भन्दा बढि खानेकुरा खान्छन् जसका कारण उनीहरु मोटोपनाको सिकार बन्ने खतरा हुन्छ । सबैलाई थाहा भएकै सामान्य कुराजस्तो लागेपनि खासै ध्यान नपूराइएको यो तथ्यलाई हालैको एक अनुसन्धानले पुष्टि गरेको छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयद्धारा गरिएको एक अध्ययन अनुसार यदि भोजनका बेला पस्किने खाद्यपदार्थको मात्रा कम राखियो भने एक वयस्कको उर्जा खपत १६ देखि २९ प्रतिशत अर्थात् २७९ किलो क्यालोरी देखि ५२७ किलो क्यालोरी सम्म घट्न सक्छ ।

आवश्यकता भन्दा धेरै खानेकुराको सेवनले मुटु सम्बन्धि रोग, मधुमेह, क्यान्सर लगायतका रोगको खतरा बढ्दछ । जसका कारण मानिसको स्वास्थ्य कमजोर बन्ने र असामयिक मृत्युको जोखिम बढि हुने शोधकर्ताहरुको भनाई छ ।

Fat-Man

शोधकर्ता टोलीका सदस्य ग्यारेथ होल्याण्ड्स भन्छन् : यो स्वभाविक हो की ठूलो भाँडोमा धेरै खानेकुरा हुन्छ । जसका कारण हामी जानी नजानी धेरै खानेकुरा खान्छौँ । तथापि यो वैज्ञानिक हिसाबले गरिएको अध्ययन भन्दा यसअघि गरिएका अधययनहरुका निष्कर्ष फरक थिए ।

शोधकर्ताहरुका अनुसार बढि भोजन नपस्कियोस् भन्नका लागि भोजन तथा पेय पदार्थ राखिने भाँडोको आकार सानो बनाउनुपर्छ । अर्थात् सानो भाँडोमा खानेकुरा खानुपर्छ । अझ ठूलो खालका भाँडा बजारमै कम उत्पादन गर्ने तथा तयारी खानेकुराहरुका पनि स साना प्याकेट मात्र बनाउने गर्नुपर्छ । यसो गरियो भने मानिसले स्वतः आवश्यकता अनुसार मात्रै परिमाणको खानेकुरा खान्छ र मोटोपनाको खतरा कम हुन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?