+
+
Shares

नेपालको  संविधान-२०७२

अखण्ड राष्ट्र नेपालको, राष्ट्रिय गान हौ तिमी !!

चन्द्र सूर्य अंकित झण्डा, नेपालीको शान हौ तिमी !!

राष्ट्रिय एकतामै फूल्छ, फल्छ फैलिइन्छ सौरभ

संघीय लोकतन्त्र गणतन्त्रकै उत्थान हौ तिमी !!

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते ८:४९

प्रेमराज मिश्र”अभीष्ट”

अखण्ड राष्ट्र नेपालको, राष्ट्रिय गान हौ तिमी !!

चन्द्र सूर्य अंकित झण्डा, नेपालीको शान हौ तिमी !!

राष्ट्रिय एकतामै फूल्छ, फल्छ फैलिइन्छ सौरभ

संघीय लोकतन्त्र गणतन्त्रकै उत्थान हौ तिमी !!

सबै जातजाति भाषाधर्म, कला कौशल् संस्कृति

अहो ! बुद्धभूमि ऋषिभूमि, सभ्य पहिचान हौ तिमी !!

सजाउन सकौं मुटुभरि, अंगाल्न सकौं छातीभरि

नेपालीको गर्वबोध शास्वत, स्वाभिमान हौ तिमी !!

सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली

करोडौं नेपालीको एउटै, पवित्र उद्यान हौ तिमी !!

हजारौं सहीदको उत्सर्ग, सिंगो वलिदान हौ तिमी

थोपा थोपा रगतले लेखिएको ‘संविधान’ हौ तिमी !!

Premraj-Mishra

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?