Comments Add Comment

ओलीलाई सशर्त समर्थन गर्ने एमाओवादीको निर्णय

mao-office२३ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकारका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सशर्त समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार विहान बसेको एमाओवादी स्थायी समितिको बैठकले प्रमुख दलहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने भद्र सहमति भएको दोहोर्‍याएको छ । उसले भद्र सहमति अनुसार ओलीको नेतृत्वमा सहमतीय सरकार बनाउने समर्थनको निर्णय गरेको छ ।

एमाओवादीले मधेस आन्दोलनको राजनीतिक समाधानसहितको शर्त राखेको छ । आठबुँदे शर्तबारे एमाले नेतृत्वसँग आज वार्ता हुने नेताहरुले बताएका छन् ।

एक नेताले भने, राष्ट्रिय सहमतिको सरकारका लागि एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्ने निर्णय भएको छ । तर, हाम्रा केही सर्तहरु छन्, त्यसमा पनि सहमति हुनुपर्छ ।’

बहुमतीय सरकारमा एमालेलाई समर्थन हो भन्ने प्रश्नमा एमाओवादीका नेताहरुले त्यसबारे निर्णय नभएको बताएका छन् ।

एमाओवादीको स्थायी समितिको बैठक चलिरहँदा कांग्रेसले सुशील कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जुन खबर एमाओवादीलाई तत्काल नै पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment