+
+
Shares

प्रधानमन्त्रीको स्वकीय सचिवमा आचार्य र बज्राचार्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १३:२४

Rajesh Bhajracharya and Ramesg Achrya
१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय बिस्तार गरेका छन् । प्रधानमन्त्रीले रमेश आचार्य र राजेश बज्राचार्यलाई स्वकीय सचिव नियुक्त गरेका हुन् ।

आचार्य र बज्राचार्य दुवैजना ओली प्रधानमन्त्री हुनुभन्दा अघि पनि स्वकीय सचिवका रुपमा कार्यरत थिए । युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य आचार्य अनेरास्ववियुको केन्द्रीय राजनीति गरिसकेका युवा हुन् ।

त्यस्तै बज्राचार्य ओलीका निकट सहयोगी कार्यकर्ता हुन् । यसअघि प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा मन्त्रिपरिषदबाटै निर्णय भएर इन्द्र भण्डारी नियुक्त भइसकेका छन् ।

भण्डारी एमाले मेची अन्चल सम्पर्क कमिटीका अध्यक्ष हुन् । त्यस्तै प्रेस सल्लाहकारमा प्रेस चौतारीका पूर्व महासचिव पत्रकार प्रमोद दाहाल नियुक्त भइसकेका छन् ।

ओलीले आवश्यकता अनुसार राजनीतिक तथा विदेश मामिला र प्रशासनिक सल्लाहकार पनि नियुक्त गर्ने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?