+
+
Shares

भारतीय कुटिएको भन्दै भैरहवा नाका फेरी ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ४ गते ११:५१

४ कार्तिक, भैरहवा । रुपन्देहीको भैरहवा (बेलहिया) नाका फेरी ठप्प भएको छ । सिमावर्ती भारीतय बजार सुनौलीका दुई जना युवा नेपाली बजार बेलहिया कुटिएको भन्दै भैरहवा नाका फेरी ठप्प भएको हो ।

ghaite indian yuvaदशैका कारण संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेनै नाका अवरोध नगरेपछि निर्वाध रुपमा मालवाहक सवारी साधनहरु मुलुकमा प्रवेश गरिरहेको थिए ।

सिमावर्ती भारतीय बजार सुनौलीका केही युवाहरुले नेपाली बजार बेलहिया एक पसलमा दुर्गापुजाका लागि चन्दा लिएर फर्किने क्रममा बेलहियामा केही युवाहरुले कुटपटि गर्दा दुई जना भारतीय युवा घाइते भएपछि हिजो राति देखि नाका ठप्प रहेको इप्रका बेलहियाका इन्चार्ज एवं प्रहरी निरीक्षक अभय विक्रम शाहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार कुटपिटले भारतीय बजार सुनौलीका अजय कुमार सिंह र मुरारी कान्दु घाइते भएका छन् । उनीहरु भारतीय अस्पतालमा उपचार भइरहेको छ ।

नाका खुलाउनका लागि भारतीय सरकारी अधिकारीहरु सगा छलफल भइरहेको र कुटपिट गर्ने युवाहरुको खोजीकार्य भइरहेको इन्चार्ज शाहले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?