Comments Add Comment

सीआइटी र इन्भेष्टमेन्ट बैकबीच एफपिओ निष्कासन गर्ने सम्झौता

१० मंसिर, काठमाडौं । नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैक बीच र्फदर पब्लिक इस्यु (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ ।

एक सय रुपैयाँ अंकित सेयरमा प्रतिकित्ता ५ सय १ रुपैया प्रिमियम थप गरी प्रतिकित्ता ६ सय १ रुपैयाँमा निश्काषन गर्ने सम्झौता भएको हो ।

९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर निस्कासन गर्न लागिएको हो । सम्झौतापत्रमा बिहीबार कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र एनआइबीएलका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरे ।

कार्यक्रममा कोषका मुख्य व्यवस्थापकद्वय अर्जुनलाल राजबंशी र सुशील अर्याल तथा पुँजी बजार महासाखा प्रमुख रोशनजंग कार्कीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment