Comments Add Comment

मुलुक अब आर्थिक एजेण्डामा केन्द्रित : अर्थमन्त्री

Bishnu-Paudel१३ मंसिर, बुटवल । अर्थमन्त्री विष्णु पौडेलले मुलुकलाई आर्थिक एजेण्डामा केन्दि्रत गराउनु पर्ने बताएका छन् ।

बुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक असाधारण, असहज स्थितिमा रहेको चर्चा गर्दै अहिलेका सबै समस्या हल गरेर आर्थिक एजेण्डामा केन्दि्रत हुनुपर्ने बताए

मुलुकलाई गरिबीबाट माथि उठाउनुपर्ने चुनौती रहेकाले यो चुनौती सामना गर्न सबै शक्ति एकठाउँमा उभिनुपर्ने अर्थमन्त्री पौडेलले बताए । संविधानको रक्षा, प्रयोग र कार्यान्वयन गर्दै समृद्ध राष्ट्र बनाउन सबै लागि पर्नुपर्ने उहाँले उल्लेख गरेे ।

कार्यक्रममा बोल्दै मिडियाका अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले आर्थिक क्षेत्रका समस्याहरुबारे अवगत गराए ।
कार्यक्रममा दैनिक जनसंघर्षका प्रधानसम्पादक बालकृष्ण चापागाई, प्रमुख कार्यकारी अधिकृत मनिकर कार्कीले पत्रकारिताका बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment