१० पुस, काठमाडौं । दलीय भागबण्डा मिलाउन भन्दै सरकारले फेरि दुई मन्त्रालय फुटाएको छ । मन्त्रालय घटाउन सुधार प्रशासन सुधार आयोगले दिएको सुझाव विपरित सरकारले लगातार मन्त्रालय फुटाउने निर्णय गरेको हो ।
बिहीबार तीन मन्त्रालय फुटाएर दुई नयाँ मन्त्रालय बनाएको सरकारले भोलिपल्ट शुक्रबार अर्को दुई वटा मन्त्रालय फुटाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयलाई फुटाएको छ नयाँ पशु विकास मन्त्रालय बनाएको छ ।
कृषिमन्त्रीमा हरिबोल गजुरेल छन् भने पशु विकास मन्त्रालयको जिम्मेवारी शान्ता मानवीलाई दिइएको छ । यसअघि बिहीबार मानवीलाई दिइएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय भने एकनाथ ढकाललाई दिइएको छ ।
सरकारले बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएको छ र बाणिर्य र आपूर्ति अलग अलग मन्त्रालय भएको छ । बाणिर्यमन्त्रीमा गणेशमान पुन छन् भने आपूर्ति मन्त्रालयको जिम्मा दिपक बोहोरालाई दिइएको छ । राप्रपाबाट मन्त्री बनेका बोहोरा श्रममन्त्री पनि हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै पाँच मन्त्रालय फुटाउने प्रस्ताव गरेका थिए । तर, सत्ता साझेदार एमाओवादीको विरोधका कारण बिहीबार दुई बटा नयाँ मन्त्रालय बनाइएको थियो ।
प्रतिक्रिया 4