Comments Add Comment

महिला फुटवलमा नेपालको लगातार दोश्रो जित, माल्दिभ्स २-० ले पराजित

Women-Football
सन्देश श्रेष्ठ

२४ माघ, सिलोङ ।  १२ औं दक्षिण एशियाली खेलकुद सागको महिला फुटवलमा नेपालले लगातार दोस्रो सफलता हात पारेको छ ।

जवाहरलाल नेहरु रंगशाला सिलोङमा आज भएको खेलमा माल्दिभ्सलाई दुई शून्य गोलले हराउँदै नेपालले दोश्रो जित हात पारेको हो ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशलाई चार शून्य गोलले हराएको थियो ।

नेपालको जितमा कप्तान अनु लामा र निरु थापाले एक एक गोल गरे । अनुले खेलको ३६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन । उनले सावित्रा भण्डारीको पासमा गोल गरेकी हुन् ।

मालदिभ्स बिरुद्ध एकतर्फी दवाब दिएको नेपालले ८९ औं मिनेटमा अनुको गोलसँगै दुई शून्य गोलको जित सुनिश्चित गर्‍यो । विपक्षी डिफेण्डरको गल्तिमा अनुले गोल गरेर सदुपयोग गरिन ।

जित पछि नेपालका प्रशिक्षक ध्रुव केसीले माल्दिभ्सले सुधारिएको प्रदर्शन गरेपनि आफ्नो टिमले राम्रो खेलेकोले जित निस्कएको बताए ।

कप्तान तथा गोलकर्ता अनु लामाले टिमवर्कमा खेलेकाले जित्न सफल भएको प्रतिक्रिया दिइन् ।

नेपालले अब फागुन २८ गते श्रीलंकासँग खेल्नेछ भने ३० गते आयोजक भारतसँग खेल्नेछ ।

राउण्ड रोविन लिग प्रणाली अन्तर्गत खेलाइएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment