Comments Add Comment

नेपालसँगको सम्बन्ध सुधारतर्फः भारत

Bishnu-Paudel-With-SushmaSwaraj२५ माघ,काठमाडौं । विगत पाँच महिनादेखि कटु सम्बन्ध रहेको नेपालसंगको सम्बन्धलाई सकारात्मक दिशा दिने संकेट भारतले दिएको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको मार्गप्रशस्त गर्ने उद्देश्यसहित नयाँदिल्ली पुगेका अर्थमन्त्री विष्णु पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई आइतबार भेटेलगत्तै भारतीय अधिकारीले यस्तो संकेत दिएका आजको अन्नपूर्णमा समाचार छ ।

भेटपछि भारतीय विदेश मन्त्रलायलका प्रवक्ता विकास स्वरुपले आइतबार साँझ टि्वटरमा लेखोका छन्- ‘हामी नेपालसंग इन्गेजमेन्टको नीतिलाई अगाडी बढाउनेछौं ।’ उनले नेपाल संगको सम्बन्ध सहज पार्न भारत तयार रहेको जनाउ दिए ।

मन्त्री पौडेलले स्वराजसंग नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधानमा मिल्न बाँकी रहेका मुद्दा र प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणबारे छलफल गरेको जानकारी प्रवक्ता स्वरुपले दिए । भेटमा प्रधानमन्त्री ओलीले फागुन ७ गतेदेखि ६ दिनसम्म औपचारिक भारत भ्रमण गर्ने टुंगो लागेको नयाँ दिल्लीस्थिति नेपाल राजदूत दीपकुमार उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment