Comments Add Comment

सुशीलको नासो कसले लिने ?

Susil-Koirala१ फागुन, काठमाडौं । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निजी सम्पत्ति केही थिएन । उनको बैँक खाता पनि थिएन ।

प्रधानमन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन ओटा मोवाइल सेट मात्र भएको जनाइएको थियो । निधन हुनुअघि कोइरालाले प्रयोग गर्ने कपडा र मोवाइल सेट निधनपछि कोइराला निवासमै छन् ।

कोइराला परिवारकी सदस्य मृदुला कोइरालाले उनको नासो अव पार्टीले लिनुपर्ने बताइन् । ‘उहाँ नेपाली कांग्रेसको इमान्दार नेता हुनुहुन्थ्यो । अब उहाँको नासो पार्टीले लिनु्पर्छ,’ मृदुलाले भनिन् ।

सुशील बुद्धनगर बस्दा उनले प्रयोग गरेको कपडा र लुगा भान्जा रमेश भण्डारीले अझै सुरक्षित गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

सुशीलले प्रयोग गर्ने कोठाहरु पनि भण्डारीले भाडामा नलगाई यत्तिकै राखेका छन् । ‘उहाँले प्रयोग गरेका कोठाहरु पनि भाडामा नदिइ त्यतिकै राखेको छु’ भान्जा भण्डारीले भने । सुशील १२ वर्ष भन्दा बढी समय बुद्धनगर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment