Comments Add Comment

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’मा २५ प्रतिशतसम्म छुट

damilano-nepal२ फागुन, काठमाडौं । दुर्इ महिना पहिले दरवारमार्गमा खुलेको प्रख्यात इटालियन फेसन ब्रान्ड ‘दा मिलानो इटालीया’ले परिचयात्मक अफरस्वरूप २५ प्रतिशतसम्म छुट दिइरहेको छ ।

दरबारमार्गको क्यापिटल मलमा रहेको शो-रुममा दामिलानो र रोसो ब्रुनेलो ब्रान्डका फेसन प्रोडक्टहरू उपलब्ध छन् ।  दा मिलानोका उच्चस्तरीय लेदर प्रोडक्टहरुले विश्वभर फेसन पारखीको मन जित्न सफल भएका छन् ।

दामिलानोका नेपालका लागि आधिकारिक बिक्रेता आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेका अनुसार सिमित अबधिका लागि यस्तो अफर दिइएको छ ।

दा मिलानोका पछिल्ला उत्पादनहरु बिश्वबजारभन्दा कम मूल्यमै नेपाली बजारमा उपलब्ध गराइरहेको  कम्पनीले बताएको थप २५ प्रतिशत छुट दिएर उपभोक्तालार्इ आर्कषिर्त गरिरहेको छ ।

दा मिलानेका पुरुष तथा महिलाका लागि ह्याण्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, आइप्याड कभर, वालेट, ट्राभल लगेज, पेन तथा भिजिटिङ कार्ड केस लगायतका उत्पादनहरु लोकप्रिय रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment