Comments Add Comment

वास्तु मिलाउन देउवाको कार्यकक्ष परिवर्तन

sherbahadur deuba२१ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष बनाउन लगाएका छन् । वास्तुशास्त्रीले पुरानो कार्यकक्ष अशुभ भनेपछि उनले तीनवटा कोठा भत्काएर वास्तुशास्त्रअनुसार नयाँ बनाउन लगाएका नयाँ पत्रिका दैनिकमा समाचार छ ।

देउवाले १३ औं महाधिवेशनबाट निर्वाचित भएपछि सभापतिको कार्यकक्ष छाडेर आफैं बस्ने कोठा रोजेका थिए । तर, वास्तुशास्त्रीले अशुभ भनेपछि यसअघिका महामन्त्री प्रकाशमान सिंहको, नयाँ कोषाध्यक्ष सितादेवी यादव र मुख्य सचिव ऋषिकेश तिवारीको कार्यकक्ष फोडेर देउवाको व्यवस्थित र भव्य कार्यकक्ष बनाउन लागिएको हो ।

केन्द्रीय कार्यालयका कर्मचारीदेखि नेतासम्मले सुझाव दिएपछि सभापति देउवाले आफ्नो कार्यकक्ष वास्तुविद डा. माधवमंगल जोशीलाई कार्यकक्षको वास्तु हेराउन लगाएका थिए । वास्तु हेराउने दिन केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पनि बोलाइएको थियो । खाँणले उपयुक्त भनेको ठाउँलाई जोशीले वास्तु मिलेको बताएका थिए ।

४ चैतमा जोशीले वास्तु हेरेपछि ५ चैतमा पहिलो बैठक बस्नुअघि देउवाले नयाँ कार्यकक्ष बनाउने ठाउँको निरीक्षण गरेर ‘हुन्छ, राम्रो बनाउनुहोला’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment