Comments Add Comment

दरवारमार्गमा खुल्यो जापानीज फ्राइड चिकेनको नयाँ आउटलेट

Toyo-Karagge,-Darbarmarg२४ वैशाख, काठमाडौं । जापानको प्रतिष्ठित र लोकप्रिय तोयोकाराग्गे (जापानीज फ्राइड चिकेन)को चौथो आउटलेट बुधबारबाट दरबारमार्गस्थित शेर्पा मल परिसरमा संचालनमा आएको छ ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शाखाको उदघाटन गरे । रेष्टुरेन्ट ब्यवसायमा ख्याती कमाइसकेका क्याफेरिनाका सञ्चालक किशोर पाण्डेको सहकार्यमा तोकाराग्गे महाराजगञ्ज शाखाको समेत लगानीमा नयाँ शाखा संचालनमा आएको हो ।

जापानमा ३० वटाभन्दा बढी रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयोकाराग्गेका अन्य थुप्रै मुलुकमा शाखा सञ्जाल छन् ।

नेपालका लागि जापानीज फ्राइड चिकेनको आधिकारीक विक्रेता जेएफसी नेपाल प्रालिका अध्यक्ष विनय उपाध्यायका अनुसार पछिल्लो समयमा नेपालमा पनि जापानीज फ्राइड चिकेनको लोकप्रियता र माग बढिरहेको छ ।

Toyo-Karagge,-Darbarmarg-5

तोयोकाराग्गे जापानले पठाएको मापदण्डअनुसार नै चिकेनका बिभिन्न परिकार प्रस्तुत गर्ने यो रेष्टुरेन्टमा स्थानीय चिकेन नै प्रयोग हुने भए पनि यसका अन्य मरमसला एवं स्वादहरु भने जापानबाटै आउँछन् ।

यसअघि काठमाडौंको थापाथली ट्रेड टावर, महाराजगञ्ज र भाटभटेनीमा गरी तीन स्थानमा जापानीज फ्राइड चिकेनको आउटलेट खुलिसकेको छ ।

तोयोकाराग्गेको दरबारमार्ग आउटलेटमा एकैपटक तीन सय ब्यक्तिलाई आतिथ्यता प्रदान गर्नसक्ने क्षमता रहेको छ ।

Toyo-Karagge,-Darbarmarg-1

Toyo-Karagge,-Darbarmarg-3

Toyo-Karagge,-Darbarmarg

Toyo-Karagge,-Darbarmarg-4

Japanese-Fried-Chicken-at-Darbarmarg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment