Comments Add Comment

काठमाडौं आफ्नै घर जस्तो लाग्यो

aishacover

अमेरिकी गायिका आइसा फुकुसिमा संसारभर हिप हप संगीतको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्न लागेकी छिन् । उनले आफ्नो कामलाई ‘र्‍याप्टिभिजम’ भन्न रुचाउँछिन् । केही समय अघि नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको एक कार्यक्रममा भाग लिन काठमाडौं आएको बेला अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् ।
 
तपाईँको थर फुकुसिमा रहेछ । फुकुसिमा भन्ने बित्तिकै हामी त जापानमा गएको भूकम्प र सुनामी सम्झन्छौँ

मेरो थरले मेरो पारिवारिक पृष्ठ भूमिको प्रतिनिधित्व गर्दछ । म अफ्रिकी-अमेरिकी हुँ र जापानी पनि । म सियाटलमा जन्मिएँ तर, जापानमा पनि केही समय बिताएँ । मेरो बुवा जापानी हुनुहुन्थ्यो । तर, म फुकुसिमामा होइन, योकोहामा शहर (टोक्योबाट २० मिनेट टाढा रहेको नगर) मा बसेको थिएँ ।

तपाईँले आफ्नो अन्तरवार्ताहरूमा भन्ने गर्नु भएको छ कि तपाईँका बुबा-आमाबीच तपाईँ सानैछँदा छोड पत्र भयो । अनि तपाईँकी आमाले तपाईँलाई सङ्गतिमा लाग्ने प्रेरणा दिनुभयो । तपाईँले पहिलो पटक कुनै औपचारिक कार्यक्रममा गीत कहिले गाउनु भयो ? अनुभव कस्तो रहृयो ?

हो तपाईँले ठिक भन्नुभयो । मेरा बुवा-आमाबीच म सानै हुँदा छोड पत्र भएको थियो ।

मैले पहिलो पटक गाउने मौका भने स्कूलको एक कार्यक्रममा पाएको थिएँ । मलाई याद छ त्यसबेला एउटा गिति नाटकका लागि छनौट हुँदै थियो । हामी एउटा लाइनमा उभिएका थियौँ र पालै पालो शिक्षकले भने अनुसार गाउँदै थियौँ । तपाईँलाई थाहा नै होला त्यस्तो बेला कुनै पनि विद्यार्थी कति नर्भस हुन्छ !

अनि मेरो पालो आयो र मैले आँखा चिम्लिएर गाएँ, सके जति राम्रो गाएँ त्यो पनि कुनै धक नमानेर । जब मैले मेरो आँखा खोले मैले मेरो शरिरमा एक किसिमको छालको महसुस गरेँ । त्यति बेला कोठामा भएका सबै मानिसहरूको नजर सिर्फ म माथि थियो ।

मैले त्यस बेला पहिलो पटक महसुस गरेँ कि संगीत कतिको शक्तिशाली हुन्छ । अनि मैले आफैलाई भनेँ, मैले मेरो स्वरको उचित प्रयोग गर्नुपर्छ ।

त्यो गीत चाहीँ के का बारेमा थियो त ?

मलाई याद भएसम्म त्यो गीत आफ्ना प्रियजनहरूबाट टाढा रहनुको पीडाका बारेमा थियो ।

मानिसहरू भन्छन् नि कुनै गायकको आफ्नो गीतसँग व्यक्तिगत सम्बन्ध छ भने उसले त्यो गीतलाई नयाँ उचाई दिनसक्छ । तपाईँलाई के लाग्छ ?

हो, तपाईँले ठिक भन्नु भयो । त्यति बेला मेरो जीवनमा मैले त्यो गीतमा भनिए जस्तै थुप्रै दुःखहरूको सामना गर्दै थिएँ । मेरा बुबा-आमासँगै बस्दैनथे र सानै उमेरदेखि मैले खुशी रहनका लागि आफै भित्र खुशी खोज्नु पर्थ्यो । मलाई लाग्छ त्यो गीतले मलाई छोयो किनभने त्यसका शब्दहरूले संसारमा केही चिज पनि अमर छैन, चाहे त्यो मानिस हुन् वा उनीहरूबीचको सम्बन्ध ।

aishabanner2

तपाईँको बाल्यकालका बारेमा केही बताइदिनुस् न ?

म मेरी आमाकी एक्ली छोरी हुँ । तर, हामी मेरी आमाकी दिदी-बहिनीका छोरा-छोरीसँग बस्थ्यौँ । हामी एक अर्कालाई सहयोग गर्थ्यौँ । मलाई लाग्छ म एक्ली छोरी भएकाले मैले थुप्रै सुविधाहरू पाएँ, तर यसै कारण मैले स्वतन्त्र भएर जिउन सिक्ने मौका पनि पाएँ । मेरी आमाले ३ वटा जागिर खानुभएको थियो र उहाँसँग एक छिन बस्ने पनि फुर्सद थिएन ।

तपाईँले आफ्ना अन्तरवार्ताहरूमा तपाईँले आफ्नो बाल्यकालमा भोग्नु परेका भेदभावहरूले तपाईँको कलिलो मानसिकतामा गहिरो प्रभाव परेको बताउनु भएको छ नि ?

हो मैले भोगेका भेदभावहरूले मेरो व्यक्तित्वमा ठूलो असर पारेको छ ।  म सानोछँदा मेरो स्कूलमा अश्वेत विद्यार्थी म मात्रै थिएँ । एक दिनको कुरो हो स्कूलको क्यान्टिनमा बसेर हामी खाजा खाँदै थियौँ । त्यतिकैमा एकजना विद्यार्थीले अर्कोलाई प्लेटमा रहेको खाना टपक्क टिपेर हिर्क्यायो । त्यसपछि अर्कोले अर्कोलाई । केही बेरमा क्यान्टिनमा ‘फुड फाइट नै भयो । बच्चाहरूका लागि त निकै रमाइलो हुन्छ यस्तो फाइट । तर, म हिच्किचाएँ । केही बेर सोचेँ र आफूलाई रोक्न नसकेर म पनि फाइटमा सहभागी भएँ ।

त्यतिकैमा प्रिन्सिपल क्यान्टिनमा आए र म माथि मात्रै औला उठाए । उनले मलाई भने कि जे भयो त्यो सबै मेरा कारण थियो । उनले मलाई भने कि म त्यस स्कूलमा पढ्न योग्य नै थिइनँ । उनले मलाई कुकुरसँग पनि तुलना गर्न भ्याए । यो सब के कारण भइरहेको थियो ? म अश्वेत भएको भएर Û मैले त्यसबेला केही भनिनँ । म घर गए पछि मेरी आमालाई कसैले फोन गरेर स्कूलमा भएको घटनाका बारेमा सुनाए ।

म ६ वर्षको थिएँ तर, ममा आत्म सम्मान थियो । भोलिपल्ट मैले पि्रन्सिपललाई उनकै कार्यकक्षमा भेटेर भने कि उनले जे गरे, त्यो पूर्वाग्रहले ग्रसित मानसिकताले गरिएको थियो । र, त्यो कदापि सहि थिएन । अहिले सोच्दा मलाई लाग्छ कि म चाहन्थेँ, पि्रन्सिपलले अरु कुनै म जस्ता विद्यार्थीमाथि त्यस्तै व्यवहार नदोहो्याउन् । सानै उमेरमा ममा केही थियो जो परिवर्तन चाहन्थ्यो ।
 
तपाईँले भन्नु भयो कि तपाईँ फुड फाइटमा भाग लिनु अघि केही बेर हिच्किचाउनु भयो । किन ?

मलाई लाग्छ म अलि बढि नै के होला भनेर चिन्तित थिएँ । म अमेरिकामा स्कूल जानु भन्दा पहिले जापानमा केही वर्ष बसेको थिएँ । जापानमा सबै विद्यार्थीहरूले एउटै ब्याग भिर्नुपर्छ, एउटै युनिर्फम लगाउनुपर्छ र यहाँसम्म कि एउटै पेन्सिल बक्स लिएर आउनुपर्छ । त्यहाँ त नियम बाहिर जानु कसैले सोच्दा पनि सोच्दैन, फुड फाइटमा भाग लिनु त धेरै पर को कुरो हो !

गीत गाउनुको अलावा तपाईँ कविता पनि लेख्नुहुन्छ । तपाईँ को विचारमा कुन चाहीँ माध्यममा तपाईँ आफूलाई अभिवयक्त गर्न सजिलो महसुस गर्नु हुन्छ ?

मलाई लाग्छ गायन, र्‍याप र कविता लेखन एक अर्कासँग जोडिएका छन् । म कक्षा ८-९ मा हुँदा मेरा साथीहरूले मेरो रङ, मैले लगाउने लुगा सबैको खिस्सी गर्थे । म उनीहरूलाई मेरा कविता मार्फत् जवाफ दिन्थेँ ।

हरेक हप्ता हाम्री शिक्षिकाले कक्षामा बत्ति निभाउन लगाउँथिन् र हामीलाई हाम्रा रचनाहरू पढ्न लगाउँथिन् । केही दिनमै मैले देखेँ कि मैले कविताका माध्यमबाट गरेका कुराहरू सुन्न मेरा साथीहरू तयार हुन्थे । यदि मैले सिधा-सिधा कुरा गरेको भए कसैले मलाई सुन्दैनथ्यो होला । मलाई लाग्छ कलाका माध्यमबाट हामी एक अर्काको मानवीयतालाई छुन सक्छौँ ।

तपाईँ को कलेज जीवन कस्तो रहृयो ? त्यहाँ पनि भेदभाव झेल्नु पर्यो ?

मैले थुप्रै कलेजहरूमा अप्लाइ गरेको थिएँ । पछि मैले व्हिट्म्यानमा पढ्ने निर्णय गरेँ । त्यहाँ संसारभरका विद्यार्थीहरू थिए । नेपालबाट आएकी एक जना विद्यार्थी र म राम्रा साथी थियौँ ।

तर, कलेजमा पनि भेदभावका थुप्रै श्रृफ्लाहरूको सामना मैले गर्नु पर्यो । कलेजमा हुने नाटकहरू जस्ता कार्यक्रमका आयोजकहरू के सोच्थे भने सबैसँग नाटकमा भाग लिन चाहिने भेषभुषा किन्ने पैसा छ । तपाईँ कलेजका कार्यक्रममा कत्तिको भग लिनुहुन्छ भन्ने कुरा तपाईँसँग कत्तिको पैसा छ भन्ने कुरामा निर्भर गथ्र्याे । तपाईँको छालाको रङले पनि तपाईँको कलेज जीवन कस्तो हुन्छ भनेर निर्धारण हुन्छ ।
एक दिन हामीले कक्षाहरू बन्द गराएर नश्ल र समुदायका विषयमा कार्यशाला नै गर्नुपर्‍यो ।
 
के त्यो कलेजमा भएको कुनै घटनाको प्रतिक्रिया थियो ?

हाम्रो कलेजका केही केटाहरूले कालो मोसो दलेर एउटा पार्टीमा आएका थिए । उनीहरू अश्वेत मानिसहरूको नक्कल गर्दै थिए । हामीलाई यो बिल्कुलै चित्त बुझेन, हामीलाई त्यो आपत्तिजनक नै लाग्यो । त्यसैले हामीले एक दिन कक्षा बन्द गरेर नश्ल र समाज विषयमा कार्यशाला नै गर्यौँ ।

तपाईँको फ्रान्स यात्राको बारे बताउनुस् न 

म कलेजमै छँदा फ्रान्स जाने मौका पाएँ । फ्रान्समा मैले थुप्रै र्‍यापरहरूलाई भेटेँ । उनीहरू र्‍यापलाई सामाजिक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा प्रयोग गर्दै थिए । मलाई याद छ त्यहाँ मैले एउटा हिट गीत सुनेको थिएँ । त्यसमा कम्प्लेन गरिएको थिएन तर समाजमा के के सुधारको आवश्यकता छ भनेर औंल्याइएको थियो ।

फ्रान्समै रहँदा मैले संसारभर हिप हप कति लोकप्रिय रहेछ भन्ने जानेँ । अनि त्यसैमा लाग्ने निर्णय लिएँ ।

तपाईँले भन्ने गरेको र्‍याप्टिभिजम’ चाहीँ कहिले शुरू गर्नु भयो ?

मलाई याद भए अनुसार सन् २००९ तिर मैले एउटा संसारभर डुलेर र्‍याप म्युजिकमा काम गर्ने एउटा छात्रवृत्ति पाएँ । मैले मेरो प्रोजेक्टको नाम ‘र्‍याप्टिभिजम’ राखेकी थिएँ । यहि क्रममा मैले संसाभरका गायक-सङ्गतिकारहरूसँग भेट्ने मौका पाएँ र मैले उनीहरूसँग मिलेर गीतहरू पनि रेकर्ड गराएँ ।

साच्चैँ नै सङ्गति निकै शक्तिशाली हुँदो रहेछ । संसारभर नै सङ्गतिले थुप्रै सामाजिक परिवर्तनहरू ल्याउन सहयोग गरेको छ ।
 
उसो भए विगत सात वर्षमा कतिवटा देश घुम्नु भयो त ?

धेरै (हा… हा… )

तर म आˆनै समुदायमा पनि काम गर्छु । म सामुदायिक स्कूलहरूमा पढाउँछु । म र्‍यापलाई कक्षा कोठामा ल्याउन चाहन्छु । म विदेशमा आर्टिस्टहरूसँग सहकार्य गर्छु । साथै आफैं बस्ने बे एरियामा पनि कार्यक्रम गरिरहन्छु । मलाई लाग्छ म संसारभर जति डुलेपनि मेरो समुदायले मैले गर्ने कामका बारेमा थाहा पाउनुपर्छ ।
 
aishasmall

तपाईँले डेनमार्कमा अवैधानिक आप्रवासीहरूका बारेमा गीत रेकर्ड गराउनु भएको थियो । त्यसका बारे केही भनिदिनुस् न

मैले र्‍याप्टिभिजम शुरू गरे पछि सबै भन्दा पहिले घुमेको देश भनेको डेनमार्क हो । म डेनमार्कमा रहँदा एउटा चर्चको नजिकै बसेको थिएँ । त्यो चर्चमा करिब ३५ अवैधानिक आप्रवासीहरू लुकेर बसेका थिए । त्यहाँ बसिरहेका मानिसहरू मध्ये कतिपय त डेनमार्कमा २० वर्ष भन्दा अघि देखि रहिरहेका रहेछन् । मैले एक जना २२ वषर्ीय युवकलाई भेटको थिएँ । उनलाई त डेनमार्क बाहिरको संसारका बारेमा केही थाहै थिएन । चर्चमा प्रहरी प्रवेश गर्दैन भनेर उनीहरू त्यहाँ बसिरहेका थिए । हामीले उनीहरूसँग कुराकानी गर्थ्यौँ र उनीहरूका कथा-व्यथा सुन्थ्यौँ ।

तर, केही दिनमा नै प्रहरीले मध्य रातमा चर्चमा छापा मार्‍यो र उनीहरूलाई पक्रियो । मलाई थाहा भए अनुसार उनीहरूलाई इराक फिर्ता पठाइयो । हामीले तयार पारेको गीत हामीले उनीहरू प्रति नै समर्पित गर्यौँ ।

तपाईँको एउटा गीतमा तपाईँले र्‍याप्टिभिजमका मार्फत र्‍यापमा पोलिटिक्स फिर्ता ल्याउने भन्नु भएको छ ।

हो । मैले भन्न खोजेको ‘पोलिटिक्स’ भनेको सामाजिक सन्देश हो । तपाईँलाई थाहै होला र्‍यापको इतिहास हेर्ने हो भने पनि यो शैलीको विकास विभिन्न ग्याङहरूबीच भएको शान्ति सम्झौताबाट नै विकास क्रम शुरु भएको देखिन्छ । धेरै मानिसहरू र्‍याप भनेको खाली ड्रग्स र हिंसा मात्रै हो भन्ने ठान्छन् । तर, त्यसो होइन ।

हामी र्‍याप मार्फत् यो सन्देश दिन चाहन्छौँ की हामीले भोग्ने थुप्रै भेदभावका बावजुद पनि हामी स्वतन्त्र छौँ र आˆनो र आˆनो समुदायको खुशीका लागि काम गर्न सक्छौँ ।

संसारमा थुप्रै सामजिक अभियानहरू सङ्गतिका माध्यमबाट शुरु भएका छन् । तपाईँलाई थाहा छ, अमेरिकामा अश्वेतहरूमाथि हुने गरेको कानूनी भेदभाव (सेग्रिगेसन) रहिरहँदा पनि गोरा र काला वर्णका मानिसहरू सँग-सँगै नाच्थे । नाच्ने बेला उनीहरू मानिसको छालाको रङलाई महत्व दिदैनथे ।

तपाईँको नेपाल बसाइ कस्तो रहृयो ?

धेरै रमाइलो । म हाम्रो कार्यक्रममा आउनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई काठमाडौं आफ्नै घर जस्तो लाग्यो । यहाँ एक प्रकारको सौहाऽता छ । मलाई लाग्छ त्यसैले नै मानिसहरू एक अर्कालाई भूकम्पको पीडा भुल्न सहयोग गरिरहेका छन् । यो नै एक प्रकारको एक्टिभिजम हो ।

एक्टिभिजम एउटा आदर्श मात्र होइन, यो त हामीले हरेक पल लिने निर्णयहरू र हामीले चाल्ने हरेक कदमसँग सम्बन्धित छ ।

नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?

तपाईँको आवाज महत्वपूर्ण छ, त्यसको सदुपयोग गर्नुहोस् । आफ्नो क्षमातामा विश्वास राख्नुहोस् । जीवनमा यस्ता क्षणहरू आउने छन्, जुन साँच्चिकैमा असहज हुनेछन् । तर, आफ्नो सृजनशीलता र कल्पना गर्ने शक्तिको प्रयोग गर्नुहोस्, अप्ठ्याराहरू आफैँ हराउँदै जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment