Comments Add Comment

सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य सुटर पक्राउ

१ जेठ, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य सुटर मानिएका मनक लामालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

Arun-Singhaniya
अरुण सिंघानिया

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाको टोलीले लामालाई नेपाल-भारत सीमा क्षेत्रको विराटनगर नजिकबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान जारी राखिएको छ ।

लामा प्रहरीलाई छल्दै मलेसिया बस्दै आएका थिए । लामा विदेशबाट फर्केपछि छिमेकी मुलुक भारतको विभिन्न शहरमा लुकीछिपी बस्दै आएका थिए ।

पक्राउ परेका लामालाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा जिल्ला प्रहरी कार्यालय रहेको स्रोतले बताएको छ ।

सञ्चार उद्यमी सिंघानिया हत्या आरोपमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । विक्रम संवत् ०६६ फागुन १७ गते होली पर्वका दिन सिंघानियाको जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment