Comments Add Comment

दिल्लीनजिकै एयर एम्बुलेन्स दुर्घटना, मानवीय क्षति भएन

Plane

११ जेठ, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नजफगढमा एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । बिमानमा प्राविधिक खरावी आएपछि चालकले बिमानलाई खेतमा आकस्मिक अवतरण गराएका थिए ।

समाचारहरुका अनुसार बिमानलाई नजफगढको केकैर गाउँको खेतमा क्र्यास ल्याण्डिङ गराइएको थियो । बिमान पटनाबाट दिल्ली जाँदै थियो ।

बिमानमा सात जना सवार थिए । जसमध्ये दुई जना घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको उद्धारमा संग्लग्न अधिकारीहरुले जनाएका छन् । खेतमा फोर्स ल्याण्डिङ गराउने क्रममा बिमान दुर्घटनाग्रस्त भएको थियो । दुई घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

चालकले चलाखीपूर्वक बिमानलाई खेतमा अवतरण गराएका थिए । यद्यपी खेतमा धसिएको बिमानको तल्लो भाग क्षतिग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment