+
+
Shares

बलात्कार गर्नेहरुलाई कारबाही गर्न आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २ गते १३:४३

२ असार, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने एक महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका जवानहरुमाथि अनुसन्धान गरी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

NHRC
आयोगले घटनाको सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी गराउन नेपाल प्रहरीलाई निर्देशन पनि दिएको छ । घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पत्राचारसमेत गरिएको आयोगले जनाएको छ ।

आयोगले बिहीबार निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्न भनिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुलाई आवश्यक अनुसन्धान पश्चात कानून बमोजिम तत्काल कारबाही गर्न तथा पीडितको सम्पूर्ण औषधि उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

आयोगले घटनाको स्थलगत अनुगमनसमेत गरेको छ । अनुगमनका लागि आयोगको उपक्षेत्रीय कार्यालय बुटवलबाट टोली खटिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीलाई आवश्यक सहयोग पुर्‍याउन आयोगले सरोकारवाला सबैलाई आग्रह पनि गरेको छ ।

कपिलवस्तुस्थित विन्ध्यवासिनी गणका सशस्त्र प्रहरीका जवानहरुले बोल्न नसक्ने महिलालाई हात खुट्टा बाँधेर दिउँसो झाडीमा फालेको र साँझ परेपछि सामुहिक बलात्कार गरेको स्थानीयको भनाइ छ । बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले बैतडी घर भएका लोकराज वस्तीलाई नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुस् 

बलात्कारको घटनामा निश्पक्ष छानविन गर्ने सशस्त्रको प्रतिवद्धता

बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान पक्राऊ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?