+
+
Shares

नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका कैदी समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ११:११

११ कात्तिक, काठमाडौं । ललितपुरको नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई गएराति साढे ९ बजेतिर टेकुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई कैद भुक्तानका लागि नख्खु कारागार बुझाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?