Comments Add Comment

डेनमार्कमा हुने नवौं युरोपेली क्षेत्रीय बैठकको सम्पूर्ण तयारी पूरा

denmark

बार्सिलोना । गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ। आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको हो।

“युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित युरोपेली बैठक हुन लागेको हो। एनआरएनए युरोप क्षेत्रीय संयोजक तथा तयारी समितिका संयोजक कुल आचार्यले बैठकका लागि बिभिन्न क्षेत्रका उपसमितिहरुको तयारी पुरा गरेको जनाएका छन्। संयोजक आचार्यले बैठकलाई सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग पुर्याउँन सबैलाई अनुरोध समेत गरेका छन्।

करिब २ सय ५० जना गैर आबासीयहरु सहभागी बन्दै

संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनको लागि युरोपका बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट करिब २ सय ५० जना गैर आबासीयहरुले सहभागिता जनाउँने अनुमान गरिएको छ। तयारी समितिका सदस्य सचिव सोमनाथ सापकोटाले दिएको जानकारी अनुसार युरोपमा रहेका २७ राष्ट्रिय समन्वय परिषद मध्ये करिब २२ देखि २५ बटा देशहरुबाट सहभागि बन्ने अपेक्षा गरिएको छ।

सापकोटाका अनुसार बेलायतबाट ६० जना,जर्मनीबाट ३५ जना, बेल्जियम २० जना,स्बिजरल्याण्डबाट १३ जना,नर्बे, स्विडेन, फिनल्याण्डबाट गरी करिब १८ जनाले सहभागिता जनाउँने भएका छन्। युरोप क्षेत्रमा रहेका अन्य राष्ट्रिय समन्वय परिषदहरुबाट हुने सहभागितालाई हेरेर करिब २ सय ५० जनाको सहभागिता हुने बताईएको छ।

युरोपेली क्षेत्रीय बैठकमा संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,केन्द्रिय अध्यक्ष शेष घले, प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछाने,उपाध्यक्षहरु कुमार पन्त,भवन भट्ट, महासचिव डा. बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपिला राज भण्डारी,सह संयोजक रजनी प्रधान लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहने भएको छ।

कार्यक्रमको उद्घाटन भने डेनमार्क स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत रामकाजी खड्का र एनआरएन अभियन्ताहरुले संयुक्त रुपमा गर्ने भएका छन्। यस्तै कार्यक्रममा नेपाल उद्दोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका,महासंघका सदस्य चन्द्र प्रसाद ढकाल लगायत नेपालबाट पत्रकारहरुको पनि  सहभागिता रहने भएको छ।

हिल्टन होटल आईसल्याण्ड र अपार्टमेन्टहरु बुकीङ्

क्षेत्रीय बैठकमा सहभागी गैर आबासीय नेपालीहरुलाई डेनमार्कको हिल्टन होटलमा ५३ वटा कोठाहरु बुकिङ् गरिएको छ। थप कोठाहरु हिल्टन होटलमा नै बुक गर्न भने जटिल देखिएको छ। सहभागी हुने गैर आबासीयहरुले होटल बुकिङ् तथा रजिष्टेशन दर्ता समयमा नै नगरेका कारण हाल आएर महँगो पर्न गएको बताईन्छ।

हिल्टन बाहेक आईसल्याण्ड होटल ,लगायत अपार्टमेन्टहरुमा समेत पाहुनालाई राख्ने ब्यबस्था गरेको आयोजकले जनाएको छ।

३३ हजार ५ सय युरो प्रतिबद्दता रकम जुट्यो

यूरोपेली क्षेत्रीय बैठक सम्पन्न गर्नका लागि ३३ हजार ५ सय युरो प्रतिबद्दता रकम जुटी सकेको आयोजकले जनाएको छ। तर डेनमार्क अत्यन्त महंगो ठाउँ भएकाले करिब ६० हजार युरो खर्च हुने अनुमान गरिएको छ।

सहभागिहरुको रजिष्टेशन शुल्कबाट बाँकी रकम जुट्ने अपेक्षा गरिएको सदस्य सचिव सापकोटाले बताए। डेनमार्कका लागि हवाई टिकट निकै महंगो भएकाले सहभागी गैर आबासीयहरुको खर्च भने यसपटक निकै बढ्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment