Comments Add Comment

स्काउट महिला बिभागको महादेशीय सम्मेलनको तयारी पूरा

Scout-logo

१२ भदौ, काठमाडौं । विश्व स्काउट संगठनको महिला विभागको काठमाडौमा हुने १२ औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको सबै तयारी पूरा भएको नेपाल स्काउटले जानकारी दिएको छ ।

नेपाल स्काउटले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरी एसिया प्रशान्त क्षेत्रका २६ देश र अमेरिकाकासहित २ सय ५० स्काउट प्रतिनिधिको उपस्थितिमा हुने सम्मेलनको सबै तयारी पूरा भएको जनाएको हो ।

सम्मेलन भदौ १३ गतेदेखि १७ गतेसम्म काठमाडौमा हुँदैछ । पाँच दिने सम्मेलनले विश्व महिला स्काउट संगठनको शैक्षिक अभियान र महिला सशक्तिकरण सम्बन्धी नीतिहरु तय गरी कार्यान्वयनको खाका बनाउने नेपाल स्काउटका प्रमुख रबिन दाहालले जानकारी दिए ।

विश्व स्काउट संगठनको स्थापना भएको ३३ वर्षपछि नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । नेपालमा हाल करिब ६० हजार स्काउट सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment