Comments Add Comment

नयाँ वाइडबडी जहाज किन्ने निर्णय छिट्टै

औपचारिक निर्णय लिन सञ्चालक समितिको बैठक बोलाइयो

NAC Airbus 320

१३ भदौ, काठमाडौं । नेपाल वायु सेवा निगमले नयाँ जहाज किन्ने योजनालाई मूर्तरुप दिन लागेको छ । निगमले एयरबस कम्पनीका ए ३३०-२०० वाइडबडी जहाज ल्याउने प्रस्ताव गर्दै आगामी साता सञ्चालक समितिको बैठक बोलाएको छ ।

‘एयरबस खरिद सम्बन्धी औपचारिक निर्णय लिन सञ्चालक समितिको बैठक बोलाइएको हो,’ स्रोतले भन्यो, ‘सञ्चालक समितिको बैठकले स्वीकृति दिएपछि जहाज खरिद प्रक्रिया औपचारिकरुपमा अघि बढ्छ ।’

निगमले अहिले किन्न प्रस्ताव गरेको जहाजले २ सय ८० जना यात्रु बोक्न सक्ने क्षमता राख्छन् ।

निगमको सुधार योजना प्रस्तुत गर्दै गत माघमा महाप्रवन्धक सुगतरत्न कंसाकारले दुई वर्षभित्र वाइड बडी जहाज भित्र्याउने योजना सार्वजनिक गरेका थिए ।

महाप्रवन्धकको सो योजनालाई सञ्चालक समितिले सैद्धान्तिक सहमति दिइसकेको छ । दुई वटा जहाज ल्याउनका लागि र निगमको सुधारमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

गत वर्षमात्रै निगमले कर्मचारी सञ्चय कोषबाट २७ वर्षका लागि १० अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । सरकारले निगमलाई जहाज किन्नका लागि आवश्यक रकम दिने बजेटमा घोषणा गरेको छ ।

नयाँ जहाज थप गरेपछि निगम निकै सबल बन्ने विश्वास सञ्चालक समितिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment