Comments Add Comment

म्याद सकिएका ग्यास सिलिण्डर बजार पठाउन खोज्दा जफत

१४ भदौ, काठमाडौं । बनेपामा रहेको सूर्य ग्यास उद्योगले म्याद सकिएका सिलिण्डरमा ग्यास भरेर बजार पठाउने तयारी गरेको फेला परेको छ ।

Surya-Gasगुणस्तर तथा नापतौल विभाग ग्यास उद्योग परिसरबाट भरेर बजार पठाउन लागेको अवस्थामा सूर्य ग्यासका २२ वटा सिलिण्डर जफत गरिएको छ ।

‘उद्योगले उपभोक्ताको सुरक्षामा कुनै ख्याल नगरी म्याद सकिएको सिलिण्डर फिलिङ गरेको अवस्थामा फेला परेको हो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने ।

उद्योगले आजसम्म सिलिण्डरको हाइड्रोस्टाटिक परिक्षण समेत नगर्ने गरेको र ग्यास सिलिण्डरको भौतिक अवस्था पनि नाजुक अवस्थामा फेला परेको उनले बताए ।

कैफियत देखिएका सिलिण्डरमा ग्यास भर्न रोक लगाएको पुडासैनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment