Comments Add Comment

सातौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट सुरु

7th-National-Game

९ असोज, ताप्लेजुङ । आगामी मंसिर ८ देखि १५ सम्म पूर्वाञ्चलमा हुने तय भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङमा आइतबारदेखि खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।

आइतबार देखि शुक्रबार सम्म चल्ने प्रतियोगितामा बि-भिन्न ९ वटा बिधाका खेलकुदवाट १ सय २७ जना खेलाडी क्षेत्रीय खेलकुदका लागि छनौट हुनेछन् ।

ताप्लेजुङबाट फुटवलमा ३६, भलिवलमा २०, उसुमा १४, एथलेटिक्समा १०, तेक्वान्दोमा १०, सितोरीयो कराँतेमा २१, व्याडमिन्टनमा १०, टेवल टेनिसमा ४ र बुद्वीचालमा २ गरी १ सय २७ जना खेलाडी छनौट हुने जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए । सबै खेलबाट गरी जम्मा ५९ महिला र ६८ पुरुष खेलाडि छनोट हुनेछन् ।

जिल्लाब्यापी छनौट प्रतियोगितामा छानिएका खेलाडीले आगामी कात्तिकमा हुने क्षेत्रीय स्तरको खेलकुद प्रतियोगिता र त्यहाँबाट पनि छनौट भएमा राष्ट्रव्यापी प्रतियोगितामा भाग लिन पाउने बताइएको छ । जिल्लाब्यापी छनौट प्रतियोगितामा छानिएका खेलाडी सँगै १/१ जना टिम म्यानेजर र १/१ जना टिम प्रशिक्षक पनि साथमा रहने कार्यालय प्रमुख पौडेलले बताए ।

भलिबलको क्षेत्रीय प्रतियोगिता भने ताप्लेजुङमै हुने

यसैबीच सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट गरिने क्षेत्रीय भलिवल खेल भने ताप्लेजुङमा हुने भएको छ ।

कातिक २३ गतेदेखि मंसिर ३ गतेसम्म हुने क्षेत्रीय खेल अन्तर्गतको भलिवल खेल भने ताप्लेजुङमा गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए ।

क्षेत्रीय भलिबल खेलमा ताप्लेजुङमा पूर्वका १६ वटा जिल्लाबाट छनोट भएका १६ टिमले भाग लिनेछन् । ताप्लेजुङमा छनोट भएका टोलीले सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको प्रतिनिधित्व गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment