Comments Add Comment

प्रिमियर लिगमा चेल्सीको लगातार दोस्रो हार, आर्सनल तेस्रो स्थानमा उक्लियो

Arsenal

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकाल्ने क्रममा आर्सनलले चेल्सीलाई पराजित गरेको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनल निक्कै आक्रामक देखिएको थियो । उसले चेल्सीलाई तीन शून्यले पराजित गर्‍यो । सबै गोल पहिलो हाफमै संभव भएका थिए ।

११औं मिनेटमा एलेक्सिस सान्चेसले अग्रता दिलाएकोमा त्यसको तीन मिनेटपछि थियागो वाल्कटले १४औं मिनेटमा अग्रता दोव्वर पारे ।

आर्सनलका लागि तेस्रो गोल मेसुट ओजिलले पहिलो हाफको ४०औं मिनेटमा गरेका थिए । नयाँ सिजनमा ओजिलले घरेलु मैदानमा गरेको यो पहिलो गोल हो ।

जितसँगै आर्सनल ६ खेलबाट १३अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । १० अंक जोडेको चेल्सी आठौं स्थानमा छ ।

प्रिमियर लिगको जारी सिजनमा चेल्सीको यो लगातार दोस्रो हार हो । चेल्सीले यसअघिको खेलमा लिभरपुलसँग २-१ को पराजय ब्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment