Comments Add Comment

प्रेमीसँग चुम्बन गर्दै बिहेको घोषणा गरिन् यी नायिकाले

liza haden marrige
चलचित्र ‘हाउसफूल ३’मा अभिनय गरेकी नायिका हुन्, लीजा हेडन । उनै लीजाले अब आफ्ना प्रेमीसँग बिहे गर्न लागेको जानकारी अनौठो तरिकाले दिएकी छिन् । यूकेमा बस्दै आएका व्यापारी डिनो लालवानीसँग लीजाले बिहे गर्न लागेकी हुन् ।

उनले डिनोसँग चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् र लेखेकी छिन्-‘ म उनीसँग बिहे गर्न जाँदैछु ।’ विमानस्थलमा एक अर्कालाई चुम्बन गर्दै लीजाले प्रेमी सार्वजनिक गरेकी हुन् । लीजाले सार्वजनिक गरेको तस्बिरबाट के प्रष्ट हुन्छ भने, उनले इन्गेजमेन्ट गरिसकेकी छिन् ।

एक सालदेखि डेटमा रमाइरहेको यो जोडी धेरै स्थानमा देखिएको छ । सन् २०१० मा रिलिज भएको चलचित्र ‘आयशा’बाट बलिउडमा डेब्यू गरेकी यी नायिकाले ‘क्विन, रासकल्स, द शकिन्स, हाउसफूल ३’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment