Comments Add Comment

इन्भेष्टमेन्ट बन्यो ८ अर्ब चुक्ता पुँजी पुर्‍याउने पहिलो निजी बैंक

Nepal-Investment-Bank

११ असोज, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक निजी क्षेत्रका प्रवर्द्धकहरुद्धारा सञ्चालित बैंकहरुमध्ये ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने पहिलो बैंक बनेको छ ।

बैंकको मंगलबार सम्पन्न ३०औं वाषिर्क साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले बोनस सेयरका साथै २१ प्रतिशत नगद लाभांसको प्रस्ताब पनि पारित गरेको छ ।
गत आर्थिक वर्षको मौदि्रक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको सो व्यवस्थापछि ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने बैंक पनि इन्भेष्टमेन्ट बैंक नै भएको छ ।

बैंकको कुल पुँजी कोष १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठलाई साधारण सेेयरधनीहरू तर्फबाट सञ्चालक समितिमा चयन गरेको छ ।

त्यसैगरी, विनोदकुमार गुरागाईँलाई विगतको राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालक चयन गरिएको छ ।

गत आर्थिक वर्षमा इन्भेष्टमेण्ट बैंकले अघिल्लो वर्षको तुलनामा ३०.०२ प्रतिशतले बढाएर खुद नाफा २ अर्ब ५५ करोड रुपैयाँ कमाएको थियो । सो अवभिमा बैंकको निक्षेप १९.८६ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ६३ करोड र कर्जा लगानी २८.५४ प्रतिशतले बढेर ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । बैंकले प्रवाह गरेको कुल कर्जामा खराब बर्जाको मात्रा ०.६८ प्रतिशत मात्रै छ । यस्तो खराबकर्जा जति कम भयो त्यति राम्रो मानिन्छ ।

बैंकले ४७ शाखा, ८२ एटीएममार्फ ७ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यो बैंकल बेलायतबाट प्रकाशित हुने दि बैंकर पत्रिकाले दिने बैंक अफ दि इयरको उपाधिबाट ४ पटक सम्मानित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment