Comments Add Comment

संविधान संशोधनको गृहकार्य हुँदैछः निधी

'इलाकालाई हुबहु कार्यान्वयन गर्न भनेका छैनौं'

Bimalendra-Nidhi

१२ असोज, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि राजनीतिक सहमति जुटाउन संविधान संशोधनको गृहकार्य भैरहेको बताएका छन् । उनले संविधान संशोधनका लागि भएको गृहकार्यमा एमालेको समेत सहमति रहेको बताएका छन् ।

व्यवस्थापिका संसद अन्तर्गत राज्यव्यवस्था समितिमा सदस्यहरुले निर्वाचनको तयारीका सम्वन्धमा उठाएको प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री निधिले संविधान संशोधनको गृहकार्य अन्तिम विन्दुमा पुगेको बताएका हुन् । यस्तै उनले निर्वाचन कानुनको तर्जुमा पनि तिव्र गतिमा अगाडि बढाइएको बताएका छन् ।

मन्त्री निधिले सबै राजनीतिक दलको साझा सहमति खोज्न इलाकालाई आधार मान्दा सजिलो हुन्छ भन्ने सोचले स्थानीय तहको सिमांकन निर्धारण आयोगको मापदण्ड परिवर्तन गरेको बताए । तर मापदण्डले इलाकालाई हुबहु कार्यान्वयन गर नभएको उनले स्पष्टोक्ति दिएका छन् ।

मन्त्री निधिले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आयोगले काम गर्नुपर्ने संबैधानिक व्यवस्था भएकाले आयोगले त्यसै अनुसार काम गर्नुपर्ने जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment