Comments Add Comment

औषधि व्यवस्था बिभागकै लकरमा खैरो हेरोइन

१२ असोज, काठमाडौं । औषधि कम्पनीको नाममा औषधि व्यवस्था विभाग बिजुलीबजारको लकरमा हेरोइन लुकाएर कारोबार गर्ने गरेको भेटिएको छ ।

Department-of-Drugs-Administrationप्रहरीका अनुसार पानसका लाइजन अफिसर सुनिल गुप्ता खैरो हेरोइनसहित तिलगंगाबाट पक्राउ परेका थिए । उनी काठमाडौं-८ जयबागेश्वरी बस्ने २७ वषर्ीय सुर्य संगतलाई पिंगलास्थानस्थित सडक किनारमा बा.४१ प ३४०६ नम्बरको मोटरसाइकलमा कुरिरहेका थिए ।

अनुसन्धानका क्रममा गुप्ताले औषधि व्यवस्था बिभागको दर्ता महाशाखा अन्तर्गत उद्योग दर्ता शाखामा भएको पानस फर्मास्यूटिकल्सको नाम लेखेको दराजभित्र २२ ग्राह खैरो हेरोइन र डिजिटल तराजु लुकाएर राखेको अवस्थामा भेटिएको छ । यो दराज नेपालगञ्जस्थित पानस फर्मास्यूटिकल्स प्रालिको नाममा थियो ।

गुप्ताले नै गौशालास्थित साउथ एसियन गेष्ट हाउसको कोठा नम्बर २०८ मा बस्दै गरेका बाँके नेपालगंज-८ रानीतलाउ बस्ने २२ वर्षीय प्रकाश जोशी, नेपालगंज-५ बस्ने २२ वर्षीय सद्दाम अन्सारी नेपालगञ्ज-१० बस्ने ३२ वर्षीय बीरेन्द्र सिंहलाई लागूऔषध वेचेको पाइउको छ ।

प्रहरीले उनीहरुको साथबाट खैरो हेरोइन ९ ग्राम र नगद ६४ हजार बरामद गरेको लागू औषध नियन्त्रण ब्यूरोको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment