Comments Add Comment

१ रुपैंया खर्च नगरी २७२ करोडको काम गरे आमिरले

aamir

मुम्बई । गएको वर्ष असहिष्णुताको विषयमा टिप्पणी गरेर आलोचना खेपेका अभिनेता आमिर खानले उदहारणीय सामाजिक काम गरेर देखाएका छन् । उनको कामवाट प्रभावित भएकाहरुले अहिले उनलाई ‘असली राजा हिन्दुस्तानी’ भनेर टिप्पणी गरेका छन् ।

आमिरले ‘पानी फाउन्डेशन’सँग मिलेर १ रुपैयाँ खर्च नगरी महाराष्ट्रको ११६ गाउँमा पानी संरक्षण गरेका छन् । जुन कामको सरकारी लागत २७२ करोड हुन आउँछ । महाराष्ट्रका मुख्यमन्त्री स्वयंले यो स्वीकारेका छन् ।

आमिरले स्कुल पढ्दाको साथी सत्याको कारण फिल्मवाट सामाजिक काममा लाग्न प्रेरणा मिलेको बताए । ‘सत्यमेव जयतेपछि मलाई महसुस् भयो हामीले भारत बदल्नुपर्छ’ उनले भने । पानी फाउण्डेशनको सहयोगमा ११६ गाउँमा जल संरक्षण गर्न सफल भएका आमिरलाई यो कामका लागि भारतीय जैन संगठनका कार्यकर्ताले सघाएका थिए ।

काम सुरु गरेको डेढ वर्षभित्रमा काम सम्पन्न भएको थियो । पानीलाई बचाउन सकियो भने समाजलाई जोड्न सकिने उनको भनाई छ । महाराष्ट्रमा ८६ हजार गाउँ छ भने ति गाउँमा पानीको सँधै हाहाकार हुने गर्छ ।

चार वर्षमा महाराष्ट्रलाई ट्याङ्कर मुक्त बनाउने योजना छ आमिरको । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले सरकारले योजना बनाएको भए यो योजना असफल हुन पनि सक्थ्यो भन्दै जनताले काम गरेकाले सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment