Comments Add Comment

टाइम म्यागजिनको आवरणदेखि आत्महत्यासम्म भाभीको जीवन यात्रा

parav

मुम्बई । निधन भएको ११ वर्षपछि अभिनेत्री परबीन भाभीको सम्पत्ति सरकारी स्वामित्तमा आएको छ । सन २००५ मा आफ्नै फ्ल्याटमा मृत भेटिएकी परबीनको सम्पत्तिमाथी केहि ब्यक्तिले आफुलाई भोग चलन अधिकार दिएको दाबी गर्दै आएका थिए ।

उनको जीबन सधै विवादमै रह्यो । लिभइन रिलेशनको कारण पटक-पटक विवादमा आएकी परबीनको मृत्युको विषय अझै रहस्यमय छ । उनका अन्य विवाद के कस्ता थिए हेरैं ।

गुजरातको जुनगढमा एक मुस्लिम परिवारमा जन्मिएकी थिइन् परवीन । उनको प्रारम्भिक शिक्षा माउन्ट कार्मल हाइस्कुल अहमदाबादमा भएको थियो । अहमदाबादमा रहेको सेन्ट जेभियर्स कलेजवाटै उनले उच्च शिक्षाको डिग्री हाँसिल गरेकि थिइन् ।

उनी कलेज पढ्दै गर्दा फिल्मकर्मी बीआरको नजर परबीनमा पर्‍यो । मिनिस्कटमा रमाउने परबीन हातमा चुरोट सल्काएर सानका साथ हिंड्थिन् ।

सन १९७३ मा हिन्दी फिल्म ‘चरित्र’ मार्फत बलिउडमा डेब्यु गरिन् । फिल्म त त्यति राम्रो चलेन । तर, त्यहि फिल्मवाट परबीन चर्चामा आइन् ।

यसपछि पनि उनका केहि फिल्म ब्यबसायिक रुपमा असफल भए । तर, त्यसको असर उनको करिअरमा परेन । १८४७ मा अमिताभ बच्चनसंग काम गरेको ‘मजबुर’ वाट उनी हिन्दी फिल्ममा ग्ल्यामरस हिरोइनको रुपमा स्थापित भईन् । उनी हरेक फिल्ममा बोल्ड शैलिमा प्रस्तुत भईन् भने उनको लाईफस्टाइल सधै नै चर्चाको विषय बन्यो ।

उनी जति चर्चामा आईन् त्यति नै बढि विवाद पनि भयो । जीबनमा धेरैसंग रोमान्समा रमाएपनि जीबनसाथी भने पाउन सकिनन् । सबै भन्दा पहिला उनको नाम डेनीसँग जोडिएको थियो । तर, डेनिसंगको सम्बन्ध धेरै दिन कायम भएन ।

डेनिसंग ब्रेकअप भए लगत्तै उनको नाम कबीर बेदीसंग जोडियो । कबिर र परबीन केही वर्ष त रमाएरै बसे । कबिरको साथ पनि उनलाई भरपर्दौ लागेन र निर्देशक महेश भट्टसंग उनको नाम जाडियो । तीनसालपछि महेश भट्ट पनि छुटि्टए ।

ग्ल्यामरस अभिनेत्रीको रुपमा स्थापित परबीनले सन १९७६ मा टाइम म्यागजिनको कभरमा स्थान पाईन् । टाईम म्यागजिनको आवरणमा स्थान पाउने उनी पहिलो भारतिय नायिका थिईन् ।

यस चोपडाको फिल्म ‘दीवार’ मा केहि बोल्ड सिन दिएकी परबीनले अमिताभसंग खेलेको धेरै फिल्म हिट भयो । अमर अकबर एन्थोनी, दीवार, शान, काला पत्थर, सुहाग, नमक हलाल उनका चर्चित फिल्म हुन् ।

लगभग ५० फिल्ममा अभिनय गरेकि परबीनको सन १९८८ मा रिलिज भएको आकर्षण अन्तिम फिल्म थियो । जीनत अमानपछि परबीन बोल्ड एवं बिन्दास अभिनेत्रीको रुपमा स्थापित थिईन् ।

फिल्ममा सफल भएपनि परबीनको जीन्दगी सँधै अधुरो रह्यो । जीबनको उत्तरार्धमा उनले मानसिक सन्तुलन गुमाएकी थिईन् । उनलाई ‘सिजोप|mेनिया’ भएको थियो । धेरै ठाउँमा उपचार गर्दा पनि उनको मानसिक स्थितीमा सुधार आउन सकेन । २० जनावरी २००५ मा उनको निधन भएको थियो । उनको मृत्यु स्वभाविक थियो वा आत्महत्या आजसम्म रहस्यकै गर्भमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment